२३ भाद्र २०८३, मंगलवार
,
Latest
रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ: रवि लामिछाने क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै बाजुराको साँफे–मार्तडी सडक सञ्चालनमा मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने, विजेतालाई एक लाख पुरस्कार



अ+ अ-

काठमाडौं । प्रोफेसनल गल्फर एसोसियन नेपालको आयोजनामा भोली मंगलबारबाट सूर्य नेपाल गल्फ टुर अन्र्तगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ ।

सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिन सम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो । प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन । जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता जनाउने नेपाल प्रोफेसनल गल्फर एसोसियनका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै प्रतियोगितामा बेलायतबाट खेल्दै आएका ७ जना खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा साविक विजेता सुवास तामाङसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, रबि खड्का, राम थापा लगायतका खेलाडीले सहभागिता जनाउने छन् भने बेलायतबाट महेन्द्र फगामी, झमक लिम्बु, भक्त शेरचन, देव राना, बिष्णु थापा, राजु तामाङ र गजेन्द्र गुरुङले सहभागिता जनाउनेछन् ।

शुक्रबारसम्म आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख प्राप्त गर्दा उपविजेताले ६५ हजार रुपैयाँ पाउने छन । यस्तै तेस्रोले ४६ हजार प्राप्त गर्दा शीर्ष २१ मा रहने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले बताएको छ ।