४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

आयोगले समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने

आयोगले समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यामहरुका निर्वाचनसम्बन्धि रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

सोमबार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भोली (बैशाख ६ गते) काठमाडौंमा सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जानकारी गराउनु भएको हो । यस अघि निर्वाचन आयोगले प्रदेश स्तरीय मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

त्यसैगरी आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईनबोर्ड, लेटर प्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत् पठाउन पनि पत्राचार गरेको छ । साईन बोर्ड, लेटर प्याड र छाप सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा एकरुपता ल्याउनका लागि सोको नमूना पढाउन निर्देशन दिइएको पनि आयोगका प्रवक्ता पौडेले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी स्थानीय तह निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईन बोर्ड, लेटर प्याड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै जिल्ला मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्नुपर्ने साईन बोर्ड, लेटरप्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ । स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन भएको भन्ने समाचार र सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । जवाफ आउनेक्रम जारी छ । आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मत पत्र मध्ये आजसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धि सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन गत बैशाख १ गतेदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई बुलेटिन प्रकाशन गरिरहेको छ ।

बुलेटिन आयोगको वेबसाईटमा उपलब्ध छ । स्थानीय तह निर्वाचनमा खटिन मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालय प्रमुखका लागि २०७८ १२ ३० गते निर्वाचन संचालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण विराटनगर, धुलिखेल, पोखरा तथा बैशाख २ गते जनकपुर, हेटौडा, बुटवल र धनवढीमा सम्पन्न भएको छ । प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरुलाई नियुक्त पत्र दिइएको छ ।

बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा आयोग र सञ्चार जगतबीचको सहकाई र समन्वय अभिवृद्धि गर्दै स्वच्छ, पारदर्शी र विश्वसनीय तुल्याउन तथा विश्वसनीय कायम गर्न निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पु¥याउने हेतुले बैशाख ३ गते मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौंडा, लुम्विनी प्रदेशको बुटवल र सुदूरपश्चिम प्रदेशको धनगढीमा मिडिया अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिडिया अभिमुखिकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, अन्य आयुक्तहरु तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघका पदाधिकारी एवम् प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम महासंघ र काउन्सिलको सहकार्यमा सम्पन्न भएको थियो । यसैबीच, आयोगले राष्ट्रिय समाचार माध्यमका निर्वाचनसम्बन्धि विषयमा समाचार लेख्ने समाचारदाता र फोटो पत्रकारका लागि २०७९ बैशाख ६ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।’

आयोगले स्थानीय तह निर्वाचनको लागि आजको मितिसम्म ४६ जिल्लाका लागि ९५ लाख २५ हजार थान मतपत्र छपाई गरिसकिएको पनि जनाएको छ । १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा हालसम्ममा सो परिणाममा मतपत्र छपाई सकिएको पनि प्रवक्ता पौडेलले बताउनु भयो ।