४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’

भरतपुर नै नभइ भएन, रेणु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन: प्रचण्ड

भरतपुर नै नभइ भएन, रेणु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन: प्रचण्ड
अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबिच प्रतिस्पर्धा हुने बताउनुभएको छ ।

सोमबार नेकपा(माओवादी केन्द्र)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका बिचमा प्रतिस्पर्धा हुने बताउनुभएको हो । उहाँले एउटा गठबन्धन राजावादीहरुसँग सम्बन्धित गठबन्धन र अर्को गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुका बिचमा गठबन्धन हुने बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘अझैपनि संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रणाली र धर्म निरपेक्षतालाई कुनै न कुनै रुपले उल्ट्याउन चाहाने प्रवृत्ति अहिले पनि देखा परेको छ । एउटा प्रवृत्ति जो हिजोका सामन्त राजा, महाराजा र ऊ सँग सम्बन्धित पार्टीहरुसँग गठबन्धन गर्न खोज्ने ।

लोकतन्त्रवादी र वामपन्थीहरुसँग भन्दा प्रतिगामी शक्तिहरुसँग गठबन्धन गर्न खोज्ने प्रवृत्ति र अर्को संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुको बिचमा गठबन्धन । तपाई, हामीले देखेका छौँ दुईवटा गठबन्धनका, तपाई गठबन्धनका पार्टीहरुका अनुहार राम्रोसँग हेर्नुभयो भने कुन गठबन्धन लोकतन्त्रवादी, परिवर्तनकारी, संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधरको गठबन्धन हो र कुन त्यसलाई उल्ट्याउन खोज्ने हो भन्नेकुरा प्रष्टै देखिन्छ ।’

अध्यक्ष दाहालले सोमबार बेलुकीसम्म गठबन्धनका दलहरुका बिचमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भइसक्ने बताउनुभयो । नगरपालिका र गाउँपालिकाको सन्दर्भमा भने तल्ला कमिटीहरुलाई नै अधिकार दिइएको उहाँले उल्लेख गर्नुभयो । गठबन्धनका साझा उम्मेदवार तय गर्दा कतिपय असन्तुष्टिहरु आउनु सामान्य रहेको भन्दै उहाँले पार्टी र गठबन्धनले संस्थागत निर्णय गरेपछि सबै पार्टी पंक्ति संस्थागत निर्णयको पक्षमा उभिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘महानगरपालिका र उपमहानगरपालिकालाई केन्द्रले नै टुंग्याउने भन्ने नै नीति भएको हुनाले हामी केन्द्रमा टुंग्याउँदै छौँ । अरु नगरपालिका र गाउँपालिकाको हकमा तल्ला कमिटीहरुलाई नै अधिकार प्रत्यायोजन गरिएको र कहीँ समस्या पर्‍यो भने उनीहरुले केन्द्रलाई रिपोर्ट गरे भने केन्द्रले त्यहाँ सहयोग गर्ने भनेको हुनाले त्यही नीति अन्र्तगत नै हामी अगाडी बढ्दै छौँ । एउटै पार्टी भित्र पनि कसैले टिकट पाउने, कसैले नपाउने हुन्छ । नपाउने मध्ये कतिपय असन्तुष्ट हुने, बागि उठ्ने गरका त विगतका हामीले अनुभव गरेकै छौँ । पाँच दलिय गठबन्धन भित्र तालमेल गर्दा केही–केही असन्तुष्टि, केही–केही विरोधका स्वरहरु सुनिनु यो लोकतान्त्रिक परिपाटीभित्र स्वभाविक कुरा हो । तर त्यसले तात्विक फरक केहीपनि पार्दैन । पार्टीहरुको, गठबन्धनको, औपचारिक एउटा डिसिजन भइसकेपछि, संस्थागत निर्णय भइसकेपछि, मलाई र हामीलाई के विश्वास छ भने अन्तत्ः सबै पार्टी र पार्टी पंक्ति र जनपंक्ति पनि त्यही औपचारिक र संस्थागत निर्णयका पक्षमा न उभिन्छ ।’

उहाँले भरतपुर महानगरपालिका आफूहरुलाई नै चाहिन्छ भनेर दाबी नगरेको बताउनुभयो । गठबन्धनमा महानगरपालिका भागबन्डा लगाउँदा आफुहरुलाई जुन दिएपनि स्वीकार्य हुने उहाँले बताउनुभयो । यद्यपी सबैको मनमा माओवादीलाई भरतपुर दिनु उचित हुन्छ भन्ने लागेको अध्यक्ष दाहालको भनाई छ ।

उहाँले भन्नुभयो – ‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन । तपाईहरु प्रष्ट हुनुहोला । ६ वटा महानगरपालिका छन् । ६ वटा महानगरपालिकामा पनि एउटा त माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनकोले काठमाडौँ दिने भनेपनि ठिकै छ । बिराटनगर दिने भनेपनि ठिकै छ । भरतपुर होइन भनेपनि ठिकै छ भन्या छु मैले । भ्रम पार्न खोजिएको छ भरतपुर नै चाहिने, रेनु नै चाहिने भन्ने होइन ।

तर पहिला रेनुले जितिराखेको र भरतपुर हाम्रोमा भएको हुनाले सजिलो त्यही हुन्छ भने त्यो पनि ठिकै छ भनिएको मात्रै हो । त्यसकारण यो कुरामा कोही कन्फ्युजन नहोस् । अब ६ वटामा ६ वटै एउटालाई दिनसक्ने स्थिति पनि छैन । माओवादीलाई एउटा पनि नदिएर अरु सबैले बाड्ने भन्नेपनि त स्थिति छैन । गठबन्धन भइसकेपछि त कम्तिमा एउटा त माओवादीलाई पर्ने नै भयो नि त । त्यो एउटा पर्नेमा सजिलो जुन हुन्छ त्यही भए हुन्छ भनेका छौँ हामीले । मोटामोटी चाहीँ सबै साथीको भित्री मनमा के छ भने भरतपुर नै दिनु उचित छ भन्ने कांग्रेसलाई पनि लागेको छ धेरैलाई । केही केहीलाई नलागेको मात्रै होला । त्यसकारण हामी अहिले बेलुकासम्म टुंग्याउछौँ ।’

उहाँले ६ वटा महानगरपालिका मध्ये ३ वटा नेपाली कांग्रेसलाई र बाँकी ३ वटामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा(एकीकृत समाजवादी) पार्टीलाई एक-एक वटा बाड्नेगरी छलफल भइरहेको बताउनुभयो । उहाँले निर्धारित समयमै निर्वाचन हुने उल्लेख गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई देखाएर निर्वाचन नरोकिने स्पष्ट पार्नुभयो ।