• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

एकै पटक चार वटासम्म बाजा बजाउने यी कलाकारको कला



एजेन्सी । रोल्पा जिल्लाका ३३ वर्षीय टेकबहादुर पुन मगर एकै पटक चार वटासम्म बाजाहरू बजाउँदै नेपालका गाउँबस्ती घुम्ने गरेका छन्। उनले फरक शैलीमा केही गरौँ भन्ने उदेश्यका साथ 'वान म्यान वान ब्यान्ड नेपाल' सुरु गरेका हुन् ।

उनी 'वान म्यान वान ब्यान्ड नेपाल' अर्थात एकल सांगितिक समूह भनेर आफूलाई चिनाउन साङ्गीतिक यात्रामा रहेको बताउँछन्।

'झन्डै १० वर्षको विदेश बसाइपछि सङ्गीतमा केही गर्नुपर्छ भन्ने लाग्यो र अझै राम्रोसँग बुझ्ने कोसिस गरेँ। मेरो चाहना पूरा गर्छु भन्ने अठोटले गर्दा अहिले फेरि नेपाल फर्केर 'वान म्यान वान ब्यान्ड' लाई अगाडि बढाउने कोसिस गरेको छु,' उनले भने।