९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि प्रचण्डले पार्टी फुटाएः ओली



अ+ अ-

काठमाडौं । अध्यक्ष ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाउनु भएको छ । 

अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताउनु भयो । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उहाँले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताउनु भयो । 

उहाँले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ । 

यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’