• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित मानिस पक्राउ



काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका विभिन्न स्थानहरूमा नियन्त्रित औषधीहरू ट्रामाडोल र ट्रामाडेक्स लुकाईछिपाई विक्री वितरण गरिरहेका एक व्यक्तिलाई औषधिसहित पक्राउ गरेको छ ।

कार्यालयको टोलीले गोप्य सुचनाको आधारमा यही वैशाख ४ गते बेलुका छ बजे डा हेल्थकेयर फार्मेसी नरेफाँटका सञ्चालक मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौँ नरेफाँट बस्ने २६ वर्षीय कबिर भन्ने उदय थिङलाई नियन्त्रित औषधिसहित पक्राउ गरिएको जनाएको छ ।

निजलाई थप अनुसन्धान तथा कारवाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार नयाँबानेश्वर पठाइएको कार्यालयले जनाएको छ ।