९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलागिरि हिमाल आरोही श्रेष्ठ आजै साँझ आधार शिविर आइपुग्ने



अ+ अ-

काठमाडौं । विश्वको सातौँ अग्लो धवलागिरि हिमालमा पहिलोपटक दुई नेपाली महिलाले सफल आरोहण गरेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने आठ हजार १६७ उचाइको हिमाल पूर्णिमा श्रेष्ठ र पासाङल्हामु शेर्पाले आज बिहान ५ बजे आरोहण गर्नुभएको  आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले जानकारी दिनुभयो । उक्त कम्पनीबाट आजै अन्य २० जनाले धवलागिरि आरोहण गरेका थिए । यसअघि नेपाली महिलाले धवलागिरिको आरोहण गरेको रेकर्ड छैन ।   

आरोही श्रेष्ठ फोटो पत्रकार र शेर्पा आरोहणमा आबद्ध व्यक्ति हुनुहुन्छ । “श्रेष्ठ शिखर पुगेर फर्केपछि  तेस्रो क्याम्पबाट बिहान मसँग कुराकानी भएको थियो । आज साँझसम्म आधार शिविर आइपुग्ने योजना छ,” उहाँकी साथी पत्रकार सृष्टि काफ्लेले  भन्नुभयो ।

शरद् ऋतुको आरोहणका लागि उक्त कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि आरोहणमा जानुभएको थियो । गोरखा आरुघाट निवासी उहाँको टोलीले यसअघि गत वैशाख ३ मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित आठहजार ०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर कीर्तिमान बनाएको थियो । कारोबार आर्थिक दैनिकमा कार्यरत श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा अमादब्लम हिमाल पनि  आरोहण गर्नुभएको थियो ।

पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा  हिमाल आरोहणका लागि २५ आरोही समूहका २३० आरोहीले आरोहण अनुमति लिएकामा  धवलागिरि आरोहणका लागि चार आरोही समूहका १२ महिला र २८ पुरुष गरी कूल ४० आरोहीले आरोहण अनुमति लिएका थिए । यस याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ आरोही समूहका १७१ आरोही छन् । मनास्लु आरोहणमा ३८ महिला र १३३ पुरुषले अनुमति लिएका थिए । 

धवलागिरि गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको सिमाना तथा छिमेकी जिल्ला मुस्ताङबाट समेत धवलागिरि हिमालमा जान सकिने भए पनि नियमित आरोहणका लागि पश्चिम मोहडा नै आरोहीहरुको रोजाइमा पर्ने गरेको छ ।

सन् १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरणले पहिलोपटक धवलागिरि  आरोहण गरेको रेकर्ड छ तर विभिन्न अभिलेखमा सन् १९४९ मा भारतमा रहेको ब्रिटिसको टोलीले सर्वेक्षण गरेको भए पनि १९४९ को स्विस हवाई सर्वेक्षण अज्ञात थियो । केही समयअगाडि विश्व कीर्तिमानी बनाउने  क्रममा म्याग्दीका निर्मल पुर्जाले अक्सिजनबिना नै आरोहण गरेपछि धवलागिरि हिमालको चर्चा भएको थियो । (रासस)