१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तागठबन्धनको बैठकमा सहमति जुट्न सकेन, आजै अर्को बैठक बस्दै



file
अ+ अ-

काठमाडौं । वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत सहभागी थिए ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वर्षमान पुन र देव गुरुङ छन् । नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल, उपमहासचिव विजय पौडेल सहभागि थिए भने जसपाबाट बाबुराम भट्टराई, अशोक राई र जनमोर्चाबाट दुर्गा पौडेललगायत उपस्थित थिए । गठबन्धनको आइतबार बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि आजसम्म भागवण्डाको टुंगो लगाउनेगरी बैठक उठेको थियो ।