२३ भाद्र २०८३, मंगलवार
,
Latest
सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय एक दशकदेखि मातृ तथा नवजात धनुष्टंकार उन्मूलन कायम राखेकोमा नेपाललाई डब्ल्यूएचओको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहसिक पर्वतारोही पुर्जाले विश्वकप २०२२ फुटबल सगरमाथाको शिखरमा लैजाने



अ+ अ-

काठमाडौँ । साहसिक पर्वतारोही निर्मल पुर्जाले ‘अल रिहला’ आधिकारिक विश्वकप २०२२ फुटबल प्रतियोगिताको बल लिएर सगरमाथाको शिखर आरोहण गर्ने भएका छन् ।

उनले एक ट्विट गर्दै भनेका छन्, “म ‘अल रिहला’– आधिकारिक विश्व कप २०२२ म्याच फुटबल– सगरमाथाको शिखरमा यात्रामा मद्दत गर्न पाउँदा गर्व गर्छु। यो यात्रा– बाउन्डरीहरू पार गर्ने, आफैँमा र टिमवर्कमा विश्वास गर्ने बारे हो।”

पुर्जाले सात महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्री सतहबाट आठ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् ।

उनले सम्भव छ भन्ने नाराका साथ ७ महिनाभित्र सबैभन्दा ठूला १४ वटै हिमाल आरोहण गर्ने अभियान थालेका थिए । ‘असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्‍याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’, पुर्जाले भनेका छन् ।