२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशैभरिका साथीहरुको मत तालमेल गर्नु हुँदैन भन्ने छ: गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने पक्षमा रहेको बताउनु भएको छ । काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफुले पछिल्लो साता ५० भन्दा बढी जिल्लाका नेता कार्यकर्तासँग कुराकानी गर्दा सबैले चुनावमा तालमेल नगर्न सुझाब दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘देशैभरिका साथीहरुले तालमेल गर्नु हुँदैन भन्ने मत राखिरहनुभएको छ । बरु हार्नु परे हारौँला, तर रुखबाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ । हुन पनि हो, दलीय व्यवस्थामा निर्वाचनपछि दलहरु मिलेर सरकार बनाउने कुरा स्वीकार्न सकिन्छ । तर, निर्वाचनमा नै तालमेल गर्नुहुदैन, किनभने यो विचार जोडिएको कुरा हो,’ थापाले भने, ‘यस्तो अवस्थामा अहिले हामीले केन्द्रबाट गठबन्धन थोपर्‍यौँ भने त्यसको नतिजा हामीले सोचेको भन्दा फरक आउन सक्छ ।  मैले गठबन्धन र पार्टीको शीर्ष बैठकमा यही कुरा राख्दै आएको छु । अहिले बस्ने बैठकमा पनि म यही कुरा राख्छु ।’

प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भन्नुभयो ‘अब धेरै दिन छैनन् । हामीले उम्मेदवार चयनमा ढिला गरिसक्यौँ । गठबन्धन हुने कुरा नभएको भए हामीले चैत्र मसान्तभित्रै उम्मेदवारको टुंगो लगाइसक्थ्यौँ,’ उनले भने, ‘तर गठबन्धनको कारण केही ढिला भएको छ । अब एक दुई दिनभित्रै उम्मेदवारको टुंगो लगाएर टोल टोलमा मतदातामाझ जानुहोस् । मनोनयन दर्तापछिको प्रचारका लागि पर्याप्त छैनन् ।’

सत्तागठबनधनका बीच भागबण्डाको बिषयमा रस्साकस्सी हुँदा महामन्त्री थापाको यस्तो प्रतिक्रिया आएको हो ।