१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु



अ+ अ-

सल्यान । आज बिहान जिपले ठक्कर दिँदा दुई छात्राको मृत्यु भएको र अन्य तीन सख्त घाइते भएका छन् । जिल्लाको थारमारेबाट श्रीनगरतर्फ आइरहेको लु२च ५७०१ नंको डबल क्याप जिपले शारदा नगरपालिका–६ बाङ्गे सल्लाको नजिकै सडक छेउमा बसिरहेका पाँच छात्रालाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएकी शारदा नगरपालिका–६ बरला निवासी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी १८ वर्षीया सुनिता नेपालीलाई  उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा दाङ जिल्लाको राम्रीमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।     घाइते  रेखा र सुनितालाई छाती तथा मुखमा गहिरो चोट लागेको र उनीहरुको अवस्था जटिल भएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएकामा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते शारदा नगरपालिका–६ बरालाका १८ वर्षीया मीना परियार, १६ वर्षीया  सुशिला नेपाली र १८ वर्षीया दीपा बुढाथोकीलाई पनि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । शिवजन माविमा कक्षा १२ मा अध्ययनरत छात्राहरु सडकको छेउमा बसिरहेको बेला तीव्र गतिमा रहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो  । 

जिपमा सवार चारजना भने सकुशल थिए ।  जिप सडकभन्दा १० मिटर तल खसेको थियो । दुर्घटनापछि फरार जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वलीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)