२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै



अ+ अ-

सुदूरपश्चिम । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलाली जिल्लाको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ ।
   
जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित र सहजीकरण गर्न नेपाल प्रवेशका लागि तोकिएका त्रिनगर सीमानाका र खक्रौला सीमानाकामा सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालयले हेल्थ डेस्क सञ्चालनमा ल्याई नेपाल प्रवेश सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ । 
 
यसैगरी नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकको हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने, प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेसमेत सूचनामा जनाइएको छ । 
  
वडादसैँ जस्ता चाड पर्व नजिकिएसँगै पछिल्ला दिनमा सुदूरपश्चिमका भारतसँग जोडिएका सीमानाकाबाट भित्रिने नेपाली बढ्न थालेका छन् । योसँगै कोरोना भाइरसको सङ्क्रमण बढ्नसक्ने जोखिम पनि देखिएको छ । पछिल्ला दिनमा नागरिकले मास्क प्रयोग गर्नमा समेत बेवास्ता गर्दा यो रोगको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेशमा गएको वैशाख र जेठ महिनामा उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुनेदर असार महिनादेखि घट्दै गएको छ । (रासस)