• ११ जेष्ठ २०७९, बुधबार
  •      Wed May 25 2022
Logo
Latest
★   ललितपुरका सबै वडामा समान रुपमा विकास गर्नेछु: प्रमुख महर्जन ★   काकाकुल धरानेको प्यास बुझाउन हर्क साम्पाङ मैदानमा ★   उजुरी पर्दैमा सबै दोषी ठहरिँदैन: आयुक्त सिलवाल ★   यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरूको प्रभावकारी अनुसन्धान गर्न आयोगको आग्रह ★   अन्तरघातले चुनाव हारियो – ओली ★   जलविद्युत् आयोजनाबाट म्याग्दीका बासिन्दालाई दोहोरो लाभ ★   ट्राफिक व्यवस्थापन गर्न सरकारी जग्गाको खोजी ★   गठबन्धन राष्ट्रिय आवश्यकता : वरिष्ठ नेता पौडेल ★   आफ्ना जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न नेकपा एसको सर्कुलर ★   करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : नवनिर्वाचित प्रमुख साम्पाङ

गठबन्धन छाड्ने माधव नेपालको चेतावनी



file photo

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए ।

सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलबारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।