४ भाद्र २०८३, बिहीबार
,
Latest
लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः सेभियाविरुद्ध रियलको सानदार पुनरागमन जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले सेभियालाई उसकै मैदानमा ३–२ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा २–० गोलले पछि परेको रियलले खेलमा कमब्याक गर्दै जित निकालेको हो ।

खेलको २१ औं मिनेटमा इभान राकिटिच र २५ औं मिनेटमा एरिक लामेलाको गोलमा सेभियाले दुई गोलको सुरुवाती अग्रता बनाएको थियो ।

यता, ५० औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ को स्थितीमा ल्याए । ८२ औं मिनेटमा नाचोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेल सकिनै लाग्दा इन्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै रियललाई जित दिलाए ।

रियल ३२ खेलबाट ७५ अंकसहित शीर्ष स्थानमा यथावत छ । सेभिया समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।