९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपिएलः चितवनले पोखरालाई ९ विकेटले हरायो



अ+ अ-

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार तेस्रो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मोहमद शाहजाद र भिम सार्कीको अर्धशतकीय इनिङ्स मद्दतले चितवनले पोखरा राईनोजलाई ९ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

शहजादले ५२ बलमा ७ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेले भने भीमले पनि ४२ बलमा ५ चौका र २ छक्कासहित ५४ रनको अर्धशतकीय इनिङ खेले ।