• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

स्वतन्त्र न्यायापालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने



काठमाडौं । नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बारको गत चैत १९ गते सम्पन्न भएको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहणपछि बारका महासचिव अन्जिता खनालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

बारको चारवटा मूल आधार लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यापालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ । “यस कार्यसमिति नेपाल बार एशोसिएशनको मूल्यमान्यताको संरक्षण, सम्वद्र्धन गर्ने कार्यमा दत्तचित्त भइरहने प्रण पनि गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “विकृति, विसङ्गति, भ्रष्ट्राचारविहीन स्वच्छ–सक्षम निष्पक्ष, न्यायपालिका, मर्यादित र सक्षम कानुन व्यवसायका लागि कार्य गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौँ ।”

नवनिर्वाचित पदाधिकारीले नववर्ष २०७९ ले व्यावसायिक आचरण पालना गरी व्यावसायिक र मर्यादित बार बनाउन सबैलाई प्रेरणा देओस् भन्ने शुभकामनासमेत विज्ञप्तिमार्फत गरेको छ । रासस