२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिटलरको भाले / पोथी



अ+ अ-

 तिमिले भिरेको 
 लगौटी वा थुनचोली 
 मात्रै 
 तिम्रो मिठो भ्रम हो 
 सारमा तिमी नाङ्गै छौ 

तिम्रो प्रभूले 
प्रत्येकचोटी दाना छर्ने क्षण 
तिम्रो 
बौद्धिकता / इमानदारी 
नैतिकता / जिम्मेवारीको प्वाँख 
गनि गनि उखेल्दैछ

आफ्नो आँखा अघि 
आफ्नै स्वत्वको 
निर्मम चिरहरण भएको सत्य 
तिमी जान्दैनौ / देख्दैनौ
अथवा 
देख्ने हिम्मत जुटदैन 

तसर्थ 
उखेलिएको प्वाँखको 
घाउ नसुक्दै 
मालिक पुनः 
एकमुठी दाना छर्छन 
तिमी 
पुनः उसैगरी 
पुच्छर हल्लाउँदै 
चारो टिप्न कुप्रीन्छौ 
त्यही मौकामा 
तिम्रा मालिक 
बाकी बचेको 
प्वाँख उखेल्छन 
तिमी भने 
सन्तुष्टिको एक वचन 
क्वाक्क मात्रै गर्छौ 

मात्रै
एकमुठी दानामा 
एक घुट्की पानीमा 
तिमी आफ्नो स्वत्व साट्छौ भने 
पुर्ण स्वतन्त्रता / खुला आकाश 
गगनचुम्बी उचाई / उठेको शिर 
कुनै कुरा 
तिमिलाई सुहाउँदैन 
वा 
त्यो तिम्रो अधिकार होईन 
हुदैन होइन !

तिम्रो पहिचान 
गिरेको नूर हो 
कुप्रीएको ढाड हो 
जम्ला हातहरु हुन
घुडा धसिएको आसन हो 
त्यसैले 
प्रत्येक बिहान 
मालिककोमा जाउ 
उसैको मर्जिको कलो खाउ 
आफ्नो अस्तित्व 
उखेलिन देउ 
सन्तुष्ट बस 
किन कि 
प्रतिकार तिम्रो रगतमा बग्दैन 
बेक्कार लाज छोप्ने चेष्टा नगर  
भनिहाले नि !
लज्जा छोप्न मात्रै 
लगौटी वा थुनचोली काफी हुदैन !!!