• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   ‘वुल्फ म्यान’को नाम गिनिज बुकमा दर्ता, अनुहार र शरीरको ९८ प्रतिशत भाग कपालले ढाकियो ★   काठमाडौँको वायु अझै अस्वस्थ ★   जापानी विदेशमन्त्री खामिखावा नेपालमा ★   म्याक्सवेलमाथि भारतीय क्रिकेटरको आरोप – आईपीएल इतिहासमा सबैभन्दा ‘अहंकारी’ खेलाडी ★   घरको छतमा टावर राख्ने कम्पनी नै सम्पर्कविहीन भएपछि… ★   घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’ ★   खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’ ★   ललितपुरको महालक्ष्मीमा आगलागी, एकै परिवारका ५ जना घाइते ★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने– कृषिमन्त्री मगर



मोरङ । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनुभएको छ ।

नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ गर्दै उहाँले सरकारले कृषिलाई व्यवसायीकरण गरी कृषि तथा पशु पन्छीका लागि अवश्यक वस्तुको उत्पादन वृद्धि गरी आयात निरुत्साहित र निर्यातमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद मेहताले कृषि र पशुपालन क्षेत्रमा ६० प्रतिशत जनता आबद्ध भएकाले यस पेशालाई सम्मानजनक बनाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेलामा प्रदेशका १४ जिल्लाका २०० जना प्राविधिकको सहभागिता रहेको छ । भेलाले कृषि तथा पशुपक्षी क्षेत्रको उत्पादनमा वृद्धि गर्न आवश्यक रणनीति तयार गर्ने जनाइएको छ ।