४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

पश्चिम तराईमा आगामी तीन दिन तातो हावा चल्ने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह

पश्चिम तराईमा आगामी तीन दिन तातो हावा चल्ने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह
अ+ अ-

काठमाडौं । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताउनु भयो ।

उहाँका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उहाँले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताउनु भयो । जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने पर्ने प्रचुर सम्भावना रहेको बताउनु भयो ।

उहाँका अनुसार नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ । जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनु भयो । उहाँले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनु भयो । उहाँले वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताउनु भयो ।

जलवायुविज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘खास गरेर यो वर्षमा तापक्रम चैतको शुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ । अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ । त्यो कुरालाई वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ । अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो । यो रेकर्ड अहिलेसम्मको तापक्रम रेकर्ड गरेको भारतको जल तथा मौसम विभागले रेकर्ड गरेको सिस्टमको हाइएस्ट (उच्च) हो ।

वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भाग लगायतमा कुन ठाउँमा धेरै तापक्रम वृद्धि भयो भन्ने रेकर्ड राख्छ । नेपालको पश्चिम भाग, भारतको उत्तराखण्ड, गुजरात यो पश्चिमी क्षेत्रमा तापक्रम अत्याधिक वृद्धि भएको छ । मार्चमा नै हिट वेब भयो । मार्चकै महिनामा अन्तिम र अप्रिलको पहिलो साता पुग्दासम्म ४५ डिग्री भारतमा टेम्प्रेचर (तापक्रम) पुग्यो, अहिले पनि लगचग त्यही स्तरमा छ । बीचमा घटेको थियो । पश्चिमी वायु सक्रिय भएको थियो त्यो बेलामा । पानी पनि पारेको थियो । दुई वटा वायु एउटा बंगालको खाडीबाट आएको वायु र अर्को पश्चिमी वायु । जुन अफगानिस्तान पाकिस्तान हुँदै आउँछ । त्यो कहिले माथिबाट आउँछ, चीन, तिब्बततिर धेरै पानी पार्दछ । तलबाट आयो भने नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानमा असर गर्दछ । यसपालि दुई वटै वायुको सम्मिश्रण भयो र बीचमा टेम्प्रेचर डाउन भयो । तर अझै सचेत हुनुपर्ने विषय के हो भने वैशाखको ५ गतेदेखि फेरि लगातार ३ दिन पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुँदैछ । त्यो तापक्रम ४० डिग्रिको हाराहारीमा तराईको धेरै ठाउँमा ४० डिग्री वा सो भन्दा माथि पुग्ने अवस्था छ । ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा दुई भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ अवस्था भनिन्छ ।

अब हिट वेब शुरु हुँदैछ भन्दा फरक नपर्ला । हाम्रो तराईमा हिट वेब शुरु हुँदैछ । भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको छ । चेतावनी दिइसकेको छ । हिजोसम्मको जल तथा मौसम विज्ञान विभाग, नेपालको रेकर्ड हेर्दा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड छ । ३५ देखि ४० डिग्री सेल्सियस भएको स्टेशनको संख्या २७ पुगेको छ । नेपालमा पहिला नै हिट वेबको सम्भावना देखिएको अवस्था छ । हिट वेब शुरु भइसकेको अवस्था छ । यो तराईको जिल्लामा अझै बढी सक्रिय हुने सम्भावना छ । खास गरेर लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भोलिदेखि नै वैशाखको ५ गतेदेखि ७ गतेसम्म देखिने सम्भावना छ ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताउनु भयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनु भयो । जलवायुविज्ञ डा. उप्रेतीले अहिले अुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सिमित गरेर जान सुधmाव दिनुभयो । उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने बताउनु भयो । अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताउनु भयो ।

लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ । त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उहाँको सुझाव छ ।