• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

पश्चिम तराईमा आगामी तीन दिन तातो हावा चल्ने, उच्च शतर्कता अपनाउन विज्ञको आग्रह



काठमाडौं । नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च शतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने बताउनु भयो ।

उहाँका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उहाँले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताउनु भयो । जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने पर्ने प्रचुर सम्भावना रहेको बताउनु भयो ।

उहाँका अनुसार नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ । जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनु भयो । उहाँले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनु भयो । उहाँले वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताउनु भयो ।

जलवायुविज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘खास गरेर यो वर्षमा तापक्रम चैतको शुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ । अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ । त्यो कुरालाई वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ । अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो । यो रेकर्ड अहिलेसम्मको तापक्रम रेकर्ड गरेको भारतको जल तथा मौसम विभागले रेकर्ड गरेको सिस्टमको हाइएस्ट (उच्च) हो ।

वल्र्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भाग लगायतमा कुन ठाउँमा धेरै तापक्रम वृद्धि भयो भन्ने रेकर्ड राख्छ । नेपालको पश्चिम भाग, भारतको उत्तराखण्ड, गुजरात यो पश्चिमी क्षेत्रमा तापक्रम अत्याधिक वृद्धि भएको छ । मार्चमा नै हिट वेब भयो । मार्चकै महिनामा अन्तिम र अप्रिलको पहिलो साता पुग्दासम्म ४५ डिग्री भारतमा टेम्प्रेचर (तापक्रम) पुग्यो, अहिले पनि लगचग त्यही स्तरमा छ । बीचमा घटेको थियो । पश्चिमी वायु सक्रिय भएको थियो त्यो बेलामा । पानी पनि पारेको थियो । दुई वटा वायु एउटा बंगालको खाडीबाट आएको वायु र अर्को पश्चिमी वायु । जुन अफगानिस्तान पाकिस्तान हुँदै आउँछ । त्यो कहिले माथिबाट आउँछ, चीन, तिब्बततिर धेरै पानी पार्दछ । तलबाट आयो भने नेपाल, भारत, पाकिस्तान, अफगानिस्तानमा असर गर्दछ । यसपालि दुई वटै वायुको सम्मिश्रण भयो र बीचमा टेम्प्रेचर डाउन भयो । तर अझै सचेत हुनुपर्ने विषय के हो भने वैशाखको ५ गतेदेखि फेरि लगातार ३ दिन पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुँदैछ । त्यो तापक्रम ४० डिग्रिको हाराहारीमा तराईको धेरै ठाउँमा ४० डिग्री वा सो भन्दा माथि पुग्ने अवस्था छ । ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा दुई भन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ अवस्था भनिन्छ ।

अब हिट वेब शुरु हुँदैछ भन्दा फरक नपर्ला । हाम्रो तराईमा हिट वेब शुरु हुँदैछ । भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको छ । चेतावनी दिइसकेको छ । हिजोसम्मको जल तथा मौसम विज्ञान विभाग, नेपालको रेकर्ड हेर्दा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड छ । ३५ देखि ४० डिग्री सेल्सियस भएको स्टेशनको संख्या २७ पुगेको छ । नेपालमा पहिला नै हिट वेबको सम्भावना देखिएको अवस्था छ । हिट वेब शुरु भइसकेको अवस्था छ । यो तराईको जिल्लामा अझै बढी सक्रिय हुने सम्भावना छ । खास गरेर लुम्बिनी प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भोलिदेखि नै वैशाखको ५ गतेदेखि ७ गतेसम्म देखिने सम्भावना छ ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औषत पृथ्वीको तापक्रम १.१ डिग्री रहेको र भारतले जारी गरेको १२२ वर्षको आँकडामा १.८६ डिग्री सेल्सियसले तापक्रम औषतमा बढेको देखिएको बताउनु भयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनु भयो । जलवायुविज्ञ डा. उप्रेतीले अहिले अुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सिमित गरेर जान सुधmाव दिनुभयो । उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्याधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने बताउनु भयो । अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक रहेको बताउनु भयो ।

लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ । त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर सोही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उहाँको सुझाव छ ।