४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

प्रचण्ड, भट्टराई र यादवबीच भेटवार्ता

प्रचण्ड, भट्टराई र यादवबीच भेटवार्ता
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतवार भेटवार्ता गर्नुभएको हो । आइतवार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तिन नेताबीच छलफल भएको हो । नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामुहिक रुपमा छलफल गर्नुभएको थियो ।

छलफलपछि नेताहरु सिंहदरवारबाट सँगसँगै बाहिरिनुभएको थियो । भेट पछि न्युज एजेन्सी नेपाललाई संक्षिप्त प्रतिक्रिया दिदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताउनुभयो ।

आसन्न स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भएपनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन ।

गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आवद्ध अर्को दल नेकपा(एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।