१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल चीन सम्बन्धबारे चर्चा



अ+ अ-

काठमाडौं । सामन्तबादी चिन्तनकै कारण नेपाली समाज पछाडि परेको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बताउनुभएको छ । चीनको ७२औँ राष्ट्रिय दिवसको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले देश बनाउनेभन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने प्रवृतिले देश पछाडि परेको धारणा व्यक्त  गर्नुभयो । 

प्रदेश प्रमुख शेरचनले चिनियाँ सहयोगमा स्थापित उद्योगले नेपालको आर्थिक विकासमा सहयोग पुगेको पनि बताउनुभयो । सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले चिनसँगको छिमेकिपन र सम्बन्ध अन्योन्याश्रीत रहिरहने बताउनुभयो । 

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तयय, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य र अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रिले नेपाल चिन बीचको सम्बन्धबारे चर्चा गर्नुभएको थियो ।  कार्यक्रमपछि ३०० विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ । संस्थाका महासचिव मनिषकुमार जोशीका अनुसार नेपालस्थित चिनिया राजदूतावासको सहयोगमा प्राप्त खाद्यान्न स्थानीयलाई वितरण गरिएको हो ।