२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेलम्चीमा पुल बनाउने राणाको प्रतिबद्धता’



अ+ अ-

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले ठूला दलले जनभावनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । राप्रपा सिन्धुपाल्चोक क्षेत्र–२ तथा प्रदेश क र ख को मेलम्चीमा अधिवेशन उद्घाटन गर्दै मेलम्ची बाढी आएर तहसनहस बनाएको घटनाले आफू दुःखी भएको बताउनुभयो । 

राणाले चन्द्र शम्शेरको पालामा बनेको झोलुङ्गे पुल र आफू मन्त्री हुँदा बनाएको पक्कीपुल बाढीले बगाएको भन्दै आफूले ती पुल बनाउने प्रतिबद्धता जनाउनुभयो । तत्काल राहत र उद्धारको काम सकिएको भन्दै राणाले अब सरकारले बस्ती स्थानान्तरण र व्यवस्थापनमा जोड दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

जनताले कम्युनिष्टलाई पाँच वर्ष शासन गर्न आदेश दिए पनि कम्युनिष्टले भ्रष्टाचार र बेथिति गरेर जनतालाई दुःख दिएको राणाले आरोप लगाउनुभयो । कांग्रेस सरकारले पनि तीन महिना हुन लाग्दा पनि मन्त्री परिषद्लाई पूर्णता दिन नसकेकाले अब ठूला दलले जनभावनाको कदर गर्न नसक्ने उहाँको भनाइ थियो । वडा, नगर, गाउँँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय अधिवेशन सम्पन्न गर्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । उहाँले केन्द्रीय अधिवेशनपछि हुने चुनावमा राजसंस्था र हिन्दू राज्यको मागसहित जनतामाझ जाने र राप्रपालाई मतदाताले विश्वास गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।