२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले जितेको स्थानीय तहमा हाम्रो हक लाग्छ: माधब नेपाल



अ+ अ-

काठमाडौ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दावी गर्नु भएको छ ।

स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भईरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भएको हो । उहाँले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँडको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गर्नु भयो । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दावी नगर्ने पनि बताउनु भयो । तर एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उहाँको तर्क छ ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमती भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताउनुभयो । उहाँले सत्तारुढ दलहरुबीच स्थानीय तहको टिकट बाँडफाँडको विषयमा छलफल भईरहेको पनि बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ । पहिलो प्राथमिकता हाम्रो हो । त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ । किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन । यो कुरालाई ख्याल गर्नुस् । अवश्य पनि यस बीचमा अरु पार्टीहरु अगाडि बढेका छन भने थोरै मत अन्तरले जीतहार भएको छ भने त्यो कुरालाई ध्यानमा हामी राख्नेछौं । त्यसो हुनाले मत भारको कुरा पनि तपाई सुनिरहनु भएको छ । थोरै मत अन्तरले जितको कुरालाई पनि हामी अवश्य ध्यानमा राख्नेछौं । हामी यत्तिकै दावा गर्दैनौं । हामी जित्ने सुनिश्चित गर्नेगरी दावा गर्नेछौं । त्यसका लागि हामीले महानगरपालिकाको निम्ति कस्तो तरिका अपनाउने, उपमहानगरपालिकाको लागि कस्तो तरिका अपनाउने, जिल्ला सदरमुकामहरुका पालिकाहरुको निम्ति कस्तो तरिका अपनाउने ? अलगअलग प्रदेशको निम्ति कस्तो तरिका अपनाउने ? यी हामीले छलफल चलाईरहेका छौं । अव अन्तिमअन्तिम विन्दुमा हामी पुग्दैछौं ।

आज ३ गते भईसकेको छ । ११ गते नोमिनेशन गर्नुपर्नेछ । त्यस अघि नै उम्मेदवारहरुको टुंगो लगाई सक्नु पर्दछ । अव कुनै पनि पार्टीसँग सहमती हुन सकेन भने जोसँग सहमती हुन्छ, त्यो सँग हामी चुनाव जान सक्छौं । पाँच वटै दलको बीचमा सहमती भएन भने जुन दलसँग सहमती हुन्छ, । र हामीलाई आत्मविश्वास हुन्छ । हामी एक्लै पनि जित्न सक्छौै भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्दछ ।’

अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध अन्य दलहरुको ध्यानाकर्षण गराउनु भयो ।

केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एस का अध्यक्ष माधब नेपाललाई अझै पनि नेकपा एमाले कै शक्तिमै रहेको भ्रममा परेको टिप्पणी गर्नुभएको थियो । अध्यक्ष दाहाले नेता नेपालले हैसियता भन्दा बढी स्थानमा भाग खाजेको कारण समस्या भएको टिप्पणी गर्नुभएको थियो ।