२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

एमालेले जितेको स्थानीय तहमा हाम्रो हक लाग्छ: माधब नेपाल

एमालेले जितेको स्थानीय तहमा हाम्रो हक लाग्छ: माधब नेपाल
अ अ+ अ-

काठमाडौ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दावी गर्नु भएको छ ।

स्थानीय तह निर्वाचनमा टिकट बाँडफाँडको विषयलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनबीच छलफल भईरहेका बेला अध्यक्ष नेपालले भने एमालेले २०७४ सालमा जितेको स्थानमा आफ्नो पार्टीको हक लाग्ने बताउनु भएको हो । उहाँले एमालेले जितेको ठाउँमा जित्नु छ भने आफ्नो पार्टीले मात्रै जित्न सक्ने भन्दै टिकट बाँडफाँडको यो बेलामा त्यो कुराको ख्याल गर्न पनि गठबन्धनमा आवद्ध अन्य दलहरुलाई आग्रह गर्नु भयो । पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा यत्तिकै टिकटको दावी नगर्ने पनि बताउनु भयो । तर एमालेसँग प्रभाव भएका मान्छेहरु आफ्नो पार्टीसँग नजिक भएकाले जित हासिल गर्न आफ्नो पार्टीलाई सहज हुने उहाँको तर्क छ ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमती भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताउनुभयो । उहाँले सत्तारुढ दलहरुबीच स्थानीय तहको टिकट बाँडफाँडको विषयमा छलफल भईरहेको पनि बताउनु भयो । अध्यक्ष नेपालले भन्नु भयो, ‘एमालेले जितको ठाउँमा पहिलो हक हाम्रो लाग्छ । पहिलो प्राथमिकता हाम्रो हो । त्यहाँ जित्नु छ भने हाम्रो उम्मेदवारले जित्न सक्छ । किन, एमालेका प्रभाव भएका मान्छेहरु हाम्रो नजिक हुन सक्दछन । यो कुरालाई ख्याल गर्नुस् । अवश्य पनि यस बीचमा अरु पार्टीहरु अगाडि बढेका छन भने थोरै मत अन्तरले जीतहार भएको छ भने त्यो कुरालाई ध्यानमा हामी राख्नेछौं । त्यसो हुनाले मत भारको कुरा पनि तपाई सुनिरहनु भएको छ । थोरै मत अन्तरले जितको कुरालाई पनि हामी अवश्य ध्यानमा राख्नेछौं । हामी यत्तिकै दावा गर्दैनौं । हामी जित्ने सुनिश्चित गर्नेगरी दावा गर्नेछौं । त्यसका लागि हामीले महानगरपालिकाको निम्ति कस्तो तरिका अपनाउने, उपमहानगरपालिकाको लागि कस्तो तरिका अपनाउने, जिल्ला सदरमुकामहरुका पालिकाहरुको निम्ति कस्तो तरिका अपनाउने ? अलगअलग प्रदेशको निम्ति कस्तो तरिका अपनाउने ? यी हामीले छलफल चलाईरहेका छौं । अव अन्तिमअन्तिम विन्दुमा हामी पुग्दैछौं ।

आज ३ गते भईसकेको छ । ११ गते नोमिनेशन गर्नुपर्नेछ । त्यस अघि नै उम्मेदवारहरुको टुंगो लगाई सक्नु पर्दछ । अव कुनै पनि पार्टीसँग सहमती हुन सकेन भने जोसँग सहमती हुन्छ, त्यो सँग हामी चुनाव जान सक्छौं । पाँच वटै दलको बीचमा सहमती भएन भने जुन दलसँग सहमती हुन्छ, । र हामीलाई आत्मविश्वास हुन्छ । हामी एक्लै पनि जित्न सक्छौै भन्ने कसैलाई लागेको छ भने एक्लै पनि उभिन सक्छ । तर जित सुनिश्चित हुनुपर्दछ ।’

अध्यक्ष नेपालले चुनावी तालमेल गर्दा तलतलका कार्यकर्ताहरुको कुरा सुनेर गर्न नहुनेतर्फ पनि गठबन्धनमा आवद्ध अन्य दलहरुको ध्यानाकर्षण गराउनु भयो ।

केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एस का अध्यक्ष माधब नेपाललाई अझै पनि नेकपा एमाले कै शक्तिमै रहेको भ्रममा परेको टिप्पणी गर्नुभएको थियो । अध्यक्ष दाहाले नेता नेपालले हैसियता भन्दा बढी स्थानमा भाग खाजेको कारण समस्या भएको टिप्पणी गर्नुभएको थियो ।