२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेस २०२२ मा पहिलो अडिसनबाट ३० बालबालिका छनौट



अ+ अ-

काठमाडौं । वार्षिक परीक्षा पछि फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले विगत १० वर्षदेखि निरन्तररुपमा आयोजना हुदै आएको ‘ जुनियर स्कुल प्रिन्स एण्ड प्रिन्सेज’ प्रतियोगिताको आज भएको पहिलो अडिसनमा ३० जना प्रतियोगी बालबालिकाहरुलाई छनौट गरीएको छ ।

प्रतियोगीताको अडिसनमा निर्णायक मण्डलमा मिसेस व्यूटी क्वीन नेपाल २०१९की विजेता शान्ति लिम्वु ,मनिषा विमली र जुम्वा प्रशिक्षक सोनाम केसी रहनु भएको थियो । साथै अन्तिम अडिसन वैशाख १० गते गरिने छ भने प्रतियोगीहरुको प्रशिक्षण ११ वैशाखबाट सुरु हुने आयोजक सँस्था सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले जानकारी गराएका छन् ।

उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि तुलाधरले जानकारी गराए ।

प्रतियोगीहरुलाई चन्द्रागिरी हिल्स ,साँगा स्थित काठमाडौं फन भ्याली, भक्तपुर दरवारक्षेत्र, छाउनी सँग्रहालय, गोदावरी बनस्पति उद्यान, जाउलाखेल चिडियाखान बालगृह, नेपाली फिल्म,नारायणहिटि दरवार संग्राहालय, अपाङ्ग वाल सेवा केन्द्र, वृद्धा आश्रम लगायतको विभिन्न स्थानको भ्रमण गराईने छ । भने विभिन्न खेलहरु साथै विधिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु गरिने छ ।

प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्दैछन् । जुनियर स्कुल प्रिन्सेस–२०२२ को चयन भने २०७६ साल बैसाख २४ गते राष्ट्रिय नाचघर जमलमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेज–२०२२ की वितेजाले छात्रावृति ,साईकल साथै अन्य विभिन्न उपहार प्राप्त गर्नेछिन् । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।