२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

‘नकोरिएका सन्दर्भहरु’ विमोचित

‘नकोरिएका सन्दर्भहरु’ विमोचित
अ अ+ अ-

काठमाडौं । अनीता ढुङ्गेलद्वारा लिखित ‘नकोरिएका सन्दर्भहरुः प्रा।डा अन्जनीकुमार शर्माको जीवनचरित’ नामक पुस्तकको आज यहाँ लोकार्पण गरिएको छ ।

स्व. प्राडा शर्माकी श्रीमती अन्नपूर्णा शर्माले सो पुस्तकको लोकर्पण गर्नुभएको हो । पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै प्रा। डा। ज्ञानू पाण्डेले डा. अञ्जनीकुमार शर्मा केवल चिकित्सक मात्र नभई प्रेरक समाजसेवी हुुनुहुन्थ्यो भन्नुभयो । “पुस्तकले नेपाली समाजको अज्ञानता हटाउन डा शर्माले खेलेको भूमिका छर्लङ्ग पारेको छ । कलात्मक ढङ्गले लेखिएको पुस्तक पाठकमैत्री छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार लेखक ढुङ्गेलले तटस्थ र सन्तुलित हिसाबले लेख्नुभएको पुस्तकमा नेपालको स्वास्थ्य क्षेत्रको सग्लो इतिहास पढ्न पाइन्छ । नेपाली साहित्यको जीवनी लेखन विधामा यस पुस्तकले नयाँ आयाम थप्ने पाण्डेको विश्वास छ ।

यसैगरी वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले स्व. डा. अञ्जनीकुमार शर्मा राजादेखि रैतीसम्म सबैको प्रिय व्यक्ति भएको सुनाउनुभयो । प्राडा। प्रमिला प्रधान र प्लास्टिक सर्जन शङ्करमान राईले स्व. डा. शर्मा प्राज्ञिक व्यक्तित्व हुनुहुन्थ्यो बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकले रोग तथा स्वास्थ्यसम्बन्धी लेख लेखेर आम जनतालाई जानकारी गराउनुपर्छ भनी लेखन कार्यका लागि उहाँ सदा घच्घच्याइरहनुहुन्थो ।”

वरिष्ठ शल्यचिकित्सक डा. सुदीपकुमार भट्टाचार्यले स्व। डा शर्मालाई नेपालको आधुनिक शल्यचिकित्साका जननी भएको दाबी गर्नुभयो । समाजसेवी पुनमचन्द्र अग्रवालले लाइन्स क्लबमार्फत नेपाली समाज सेवामा स्व. डा. शर्माले अविष्मरणीय योगदान पु¥याएको बताउनुभयो । वरिष्ठ चिकित्सक डा। गौरीशङ्कर लाल दास तथा बालरोग विशेषज्ञ डा हेमाङ्ग दीक्षितले स्व। डा। शर्माले क्यान्सर रोगको रोकथाम, नियन्त्रण तथा उपचारमा पु¥याएको योगदानमाथि चर्चा गर्नुभयो ।

.उक्त पुस्तकको मूल्य रु ५५० रहेको छ । पुस्तक बिक्रीबाट सङ्कलित रकम भक्तपुर क्यान्सर अस्पताललाई प्रदान गरिने बताइएको छ ।