४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

कैलालीमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस

कैलालीमा भागबण्डा मिलाउन गठबन्धनलाई सकस
अ+ अ-

सुदूरपश्चिम । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार गठबन्धन दलहरू भागबण्डा मिलाउन कस्सिएका छन् ।

कैलालीमा गठबन्धनलाई संयोजन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी स्थानीय तहमा उम्मेदवारको भागबण्डा मिलाउन पटक–पटक बैठक बसेको हो । तर, हालसम्म भागबण्डामा कुरा मिलेको छैन । गठबन्धनका दलले आ–आफ्नै दाबी बैठकमा प्रस्तुत गरिसकेका छन् ।

दलहरुले आ–आफ्नो दाबी नछोड्दा पालिका तहको प्रमुख उपप्रमुखमा भागबण्डा गर्न सकस भइरहेको हो । गठबन्धन दलबीच औपचारिक अनौपचारिक रुपमा पटकपटक बैठक छलफल भइरहे पनि कुनै प्रगति हुन नसकेको बताइएको छ । जिल्लामा यसअघिको निर्वाचनमा विजयी भएकाबाहेक चार तहमा नेपाली कांग्रेस र चार तहमा नेकपा माओवादी केन्द्रले प्रमुखमा दाबी गरेको छ । एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीले पाँच पालिकाको प्रमुखमा दाबी गरेको छ ।

कतिपय दलले आफ्नो हैसियतभन्दा बढी पालिका प्रमुखमा दाबी गर्दा सहमति जुटाउन समस्या भएको नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (माओवादी केन्द्र)को दाबी जायज देखिए पनि नेकपा एकीकृत समाजवादीले हैसियतभन्दा बढी दाबी गर्दा समस्या भइरहेको छ ।” नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन दलका बीच निरन्तर बैठक छलफल भइरहेको भए पनि आजसम्म सहमति जुट्न नसकेको बताउनुभयो ।

“सकभर तालमेल गरेर चुनामा होमिन्छौँ”, नेकपा (माओवादी केन्द्र)का नेता रमेश धामीले भन्नुभयो, “तालमेल हुन नसके गठबन्धन दलबीच नै स्वास्थ्य प्रतिस्पर्धा गर्छौं, गठबन्धन बाहिरका दलसँग तालमेल गर्दैनौँ ।” उहाँले गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पालिकाको प्रमुख, उपप्रमुखमा नभई वडाध्यक्ष र सदस्य पदमा दाबी गरिरहेको उहाँले बताउनुभयो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमाले सात, कांग्रेस तीन, नेकपा माओवादी केन्द्र दुई तहको प्रमुखमा विजयी भएको थियो । एक तहको प्रमुखमा विजयी तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भइसकेको छ । एकीकृत समाजवादीको साङ्गठनिक अवस्था र जनाधार स्पष्ट नहुँदा पनि सहमति जुटाउन समस्या देखिएको जनाइएको छ । पालिका तहमा उम्मेदवार हुने सबै दलका आकाङ्क्षी बढ्दा पनि दलहरु बीच सहमति जुटाउन सकस भइरहेको जनाइएको छ । अघिल्लो निर्वाचनमा पाएको मतभारको विश्लेषण अध्ययन गरेर उम्मेदवारको टुङ्गो लगाउने प्रयास दलहरुबीच भइरहेको छ ।

गठबन्धनतर्फका उम्मेदवारको निर्वाचनमा जित सुनिश्चित देखिएको दाबी गर्दै ती दलका नेता कार्यकर्ताले सबै दलमा आकाङ्क्षी बढ्न थालेको बताएका छन् । पाँच दलीय गठबन्धन बाहिर रहेको नेकपा एमालेले पनि राप्रपा र परिवार दललगायतसँग चुनावी तालमेल गरेर जाने विषयमा छलफल गरिरहेको छ । “राप्रपा र परिवार दललगायतसँग छलफल भइरहेको भए पनि ठोस सहमति बन्न सकेको छैन”, एमाले नेता रणबहादुर चन्दले भन्नुभयो, “एमालेले सकभर एक्लै चुनावमा जाने तयारी गरिरहेको छ ।”

सो पार्टीले अहिलेसम्म जिल्लामा आफ्ना उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । आइतबार बस्ने एमाले प्रदेश समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउन सक्ने बताइएको छ । टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीकी पत्नीको नेतृत्वमा गठन गरिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रभाव रहेको क्षेत्रका तीन पालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

टीकापुर नगरपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाको प्रमुखमा उठ्ने उम्मेदवारको टुङ्गो लगाइसकेको सो पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरीले जानकारी दिनुभयो । उक्त पार्टीले जिल्लाका १३ पालिमामध्ये ११ मा आफ्ना उम्मेदवार उठाउन लागेको जनाइएको छ ।

जिल्लाको पूर्वी क्षेत्र टीकापुर र आसपासका क्षेत्रमा उक्त पार्टीको सङ्गठन बलियो मानिन्छ । विसं २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रेशमलाल चौधरी सो क्षेत्र (कैलाली क्षेत्र नं १)बाट अत्यधिक मतसहित विजयी हुनुभएको थियो । एक प्रदेशसभा सदस्यमा पनि उक्त पार्टी विजयी भएको थियो ।