२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

अमृताको मृत्युपछि तिलोत्तमा अशान्त

अमृताको मृत्युपछि तिलोत्तमा अशान्त
अ अ+ अ-

रुपन्देही । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।

प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका छन् ।

बुटवल इलाका प्रहरी कार्यालयका अनुसार बुधबार राति खत्रीले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनीस्थित प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको मृत्यु भएको थियो । खत्रीका माइती पक्षले श्रीमान् र सासू मिलेर हत्या गरेको आशङ्का गर्दै कारबाहीको मागसहित अमृताको घर घेराउ गरेका छन् ।

घरमा श्रीमान्सँग मनमुटाव भएपछि माइत गएकी खत्रीलाई बारम्बार फोन गरेर बोलाई कुटपिट गरेर विष खुवार्ई हत्या गरेको माइती पक्षको आरोप छ । मृतकका दाजु पुष्पक खत्रीले अमृताले बुधबार राति ९ः३० बजे आफूलाई बचाउन आग्रह गर्दै म्यासेज गरेको बताउनुभयो । म्यासेज आएको १५ मिनेटपछि अमृताको अस्पतालमा मृत्यु भएको खबर आएको गुनासो गर्दै उहाँले भन्नुभयो, “अमृताले आफैँ विष सेवन गरेकी होइनन् घरमा उनलाई मार्ने षडयन्त्र भएपछि बचाउन आग्रह गर्दै मलाई म्यासेज गरेकी थिइन्, एकैछिनमा अस्पतालमा मृत्यु भयो भन्ने खबर आयो”, खत्रीले पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

घटनापछि प्रहरीले घटनास्थल तथा शवको जाँच मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको जनाएको छ । मृतककी श्रीमान् प्रेम टण्डन, ससुरा टहलसिंह र सासू दीपा विरुद्ध कर्तव्य ज्यान मुद्दामा गत बिहीबार मृतकका दाजु पुष्पक खत्रीले जाहेरी दर्ता गराउनुभएको थियो ।

जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी शुक्रबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको र उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक कुँवरले बताउनुभयो। मृतकका आफन्तले शुक्रबार पनि इलाका प्रहरी कार्यालयमा प्रदर्शन गरेका थिए ।

संयमत अपनाउन तिलोत्तमाको आग्रह

बुधबार राति अमृता खत्री टण्डनको रहस्यमय मृत्युको विषयलाई तिलोत्तमा नगरपालिकाले विशेषरुपमा लिएको जनाउँदै संयमता अपनाउन आग्रह गरेको छ ।नगरपालिका प्रवक्ता सुरेन्द्र श्रीले आज एक विज्ञप्ति जारी गर्दै अमृताको मृत्युले तिलोत्तमा नगरपालिकाका पदाधिकारी स्तब्ध भएको बताउनुभयो ।

उक्त घटनाको निष्पक्ष र विश्वसनीयरुपले छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनसमक्ष जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा गरिने अनुसन्धानलाई सघाउन नगरपालिका तयार रहेकाले संयमता अपनाउन र विरोध प्रर्दशनलाई शान्तिपूर्ण बनाउन आग्रह गरिएको बताइएको छ ।