४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावमा चन्दा दिन्नौं, हामीलाई जबरजस्ती नगर: १३ दातृ संस्था



अ+ अ-

काठमाडौँ । नेपालको विकासका लागि सञ्चालित संयुक्त राष्ट्रसंघलगायत १३ वटा विदेशी दातृ संस्था, विकास साझेदार र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले चुनावको बेला कुनै पनि चन्दा नदिने र यस्ता कार्यका लागि आफ्ना कर्मचारीहरुलाई जबरजस्ती नगर्न अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, एसडिसी, यूकेएड, जाइका, नर्वेजियन राजदूतावास, फिनल्याण्डको विदेश मन्त्रालय, अष्ट्रेलियन एड, जिआइजेड, एसयनभी, कोइका, अमेरिकन राजदूतावास र अन्तराष्ट्रिय गैरसरकारी संस्था महासंघले संयुक्त अपिल जारी गर्दे नेपालको आउँदो निर्वाचन वा अन्य कुनै पनि समयमा चन्दा,नगद वा जिन्सी उपलब्ध नगराउने उल्लेख गरेका छन् ।

अपिलमा भनिएको छ कर्मचारी वा साझेदारहरुप्रति लक्षित कुनै प्रकारको जबरजस्ती,त्रास वा धम्की दिने कार्य स्वीकार्न हुन सक्दैन । अपिलमा आफूले सञ्चालन गरिरहेका परियोजना र त्यहाँ कार्यरत कर्मचारीहरुले सामना गर्नुपरेका चुनौतीहर प्रति चासो रहेको उल्लेख गरेका छन् ।

अपिलमा निर्वाचनको समयमा पनि विकास गतिविधिलाई बिनाअवरोध निरन्तरता दिन सरकार,राजनीतिक दल सरोकारवालाहरुसँग अनुरोध गरेका छन् ।