२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

पूर्वाञ्चल विश्वविद्यालयमा कम प्राप्ताँक ल्याउनेलाई गोल्ड मेडल

अदालतले यस्तो कार्य नगर्नु भनी दिएको आदेश तथा फैसलाको फेरि पनि उल्लङ्घन

पूर्वाञ्चल विश्वविद्यालयमा कम प्राप्ताँक ल्याउनेलाई गोल्ड मेडल
अ अ+ अ-

पूर्वाञ्चल विश्वविद्यालयको दशौं दीक्षान्त समारोह यही २०७९ बैशाख ४ गते हुन गइरहेको छ । यस समारोहमा विश्व विद्यालयमा उत्कृष्ट अंक ल्याउनेहरुलाई गोल्ड मेडलबाट सुशोभन गरिन्छ ।

ज्ञान र शिक्षाको केन्द्र विश्व विद्यालय नै विद्यार्थीको भविष्यमाथि खेलवाड गरी कम अंक ल्याउने विद्यार्थीलाई गोल्ड मेडल बाँड्न थालेमा के होला ? विश्व विद्यालयमा अध्ययनरत मेधावी छात्रछात्रालाई यस्तो व्यवहारले कति चोट पुर्याउला ?

अहिले फेरि पूर्वाञ्चल विश्व विद्यालयको कानुन संकायमा त्यस्तै वेथिति दोहोरिएको छ । अघिल्ला पटक पनि यस्तै नियती भोग्नु परेकोमा अदालतले त्यसो नगर्न आदेश दिए पनि यस पटक फेरि विश्व विद्यालयले त्यस्तै गरेर आश्चर्यचकित बनाएको छ ।

समाचार अनुसार, कानून संकाय तर्फ एल.एल.एम. २०१८–२०२० ब्याचमा सर्वोकृष्ट अङ्क ल्याउने मनिता गुरुङको एग्रिगेट नम्बर ८३.१२ ल्याई प्रथम श्रेणीमा प्रथम हुन सफल हुनु भएको थियो ।

तर पूर्वाञ्चल विश्व विद्यालयले युग बहादुर पाललाई २०७७ सालको गोल्ड मेडलका लागि सिफारिस गरिएको सूचना प्रकाशन गरेको छ । विश्व विद्यालयको वेबसाइटमा पालको लब्धाङ्कपत्रमा एग्रिगेट नम्बर ७६.२५ ल्याएको उल्लेख छ । अर्थात् यो नम्बर मनिता गुरुङको भन्दा आठ जना मुनिको नम्बर हो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/3.-Gold-Medal-Notice-from-PU.pdf” title=”3. Gold Medal Notice from PU”]

मनिता गुरुङले शैक्षिक वर्ष २०१८–२० को दुईवर्षे एल.एल.एम. (बिजनेस एन्ड इन्टरनेसनल ट्रेड ल) विषयमा चक्रवर्ती हवी इजुकेशन अफ ल स्कुलमा अध्ययन गरी २०७८ पौष १८ गतेका दिन विश्वविद्यालयले तोकेको समयभित्रै मौखिक परीक्षा (Viva Voce) समयभित्र पूरा गरी एल.एल.एम. कार्यक्रममा एग्रिगेट ८३.१२% ल्याई प्रथम श्रेणीमा प्रथम हुनु भएको थियो ।

आफ्नो नाम स्वर्ण पदकको मेरिट लिस्टमा नपरे पछि विश्व विद्यालयको लापरवाहीका विरुद्धमा पटक–पटक अध्ययन गरेको कलेज तथा व्यक्तिगत निवेदन समेत लिई २०७८ चैत २८ गते विश्व विद्यालयको प्रशासनमा निवेदन दिएको पीडित छात्रा मनिताले बताउनुभयो ।

विश्व विद्यालय प्रशासनमा दर्ता नं. ४९ मार्फत निवेदन दिए पनि कार्यालयका कर्मचारीहरुले आफूमाथि समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भनि अव्यवहारिक जवाफ दिएको पनि मनिताले गुनासो गर्नुभयो ।

विश्व विद्यालयको यस्तो कार्यले मेहेनति, जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने तथा यसको असरको क्षति विश्व विद्यालयले पनि पूर्ति गर्न नसक्ने हुनाले यसमा सजग गराउँदा पनि अटेर गर्नुको कारणमा केही आर्थिक चलखेल शंका गर्ने आधार देखिएको उहाँको भनाई छ ।

यसअघि पनि पूर्वाञ्चल विश्वविद्यालयको नवौं दिक्षान्त समारोहमा शैक्षिक वर्ष २०१५–२०१७ मा एल.एल.एम.मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विनिता पाण्डेलाई नदिई सोफिया अधिकारी जसले कूल ८१% ल्याउनेलाई स्वर्ण पदक दिइएको थियो ।

तर सर्वोच्च अदालतले २०७७ माघ ८ गतेका दिन विश्व विद्यालयले गरेको गलत कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/04/2.-Mudda-1-converted.pdf” title=”2. Mudda (1)-converted”]

यस्तै सातौं दिक्षान्त समारोह एल.एल.एम.को शैक्षिक वर्ष २०१४–१६ मा उत्कृष्ट अङ्क ७७.३८% ल्याउने सुभाष आचार्यलाई नदिई ७६.५०% ल्याउने पूजा खत्रीलाई स्वर्ण पदक दिएर विश्वविद्यालयले विवाद ल्याएको थियो । जसमा सर्वोच्च अदालतको उत्प्रेषण समेतको आदेशले बदर गरी कानून सम्मत सुभाष आचार्यलाई स्वर्ण पदक दिलाएको थियो ।

त्यसैगरी नवौं दिक्षान्त समारोहमा २०१४–२०१६ को एल.एल.एम.तर्फ महेन्द्र प्रसाद पौडेलको उत्कृष्ट नम्बर हुँदाहुँदै पूजा खत्रीलाई स्वर्ण पदक दिइएकोमा अदालतले निजहरुलाई पदक प्रदान गर्न इन्कार गरेको सम्बन्धी प्रत्यार्थी पूर्वाञ्चल विश्वविद्यालयको निर्णय, काम, कारवाही तथा सूचना समेत उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

आफूलाई पूर्वाञ्चल विश्व विद्यालयले समयमै यथोचित निर्णय नगरी अपमान गरे अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने पनि विद्यार्थी मनिताले न्युजपोलारलाई बताउनुभयो ।

यस पटक गोल्ड मेडलका लागि सिफारिस गरिएका व्यक्ति सुरक्षा निकायमा कार्यरत बरिष्ट अधिकृत रहेकाले पनि ठूलै रकमको चलखेल भएको हुन सक्ने अनुमान विद्यार्थीमाझ छ । यदि प्रलोभन र पैसाकै भरमा विश्व विद्यालयले यति ठूलो निर्णय गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भए पूर्वाञ्चल विश्व विद्यालयको शाख अझ गिर्ने पक्का छ ।