४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन

चितवनमा प्रचण्डलाई झस्काउने राप्रपाको सभा

चितवनमा प्रचण्डलाई झस्काउने राप्रपाको सभा
अ+ अ-

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले परिवर्तनको लागि होमिएका युवालाई अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरुलाई प्रश्न गरेका छन् ।

राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने, सिटामोल देऊ भनेर अदालतले आदेश दिनुपर्ने दुरुह अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताए । ‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उनले प्रश्न गरे, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’

ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उनले भने, ‘अब नेपाली मतदातासंग एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठमा बाँधेका गाइवस्तु होइनन् ।

अध्यक्ष लिङ्देनले कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उनले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताए । सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरुले मागि खाने भाँडो बनाएको उनको भनाइ छ । ३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उनले बताए । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो । जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उनले भने ।

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले सत्ताधारी दल र नेताहरुले उद्योग बेचेर ठूलो भ्रष्टाचार गरेका छन् । जसले गर्दा देशको व्यापार घाटा बढ्दै गएको छ’, पाण्डेले भने । एमसीसी भन्ने चक्रब्यूह खडा गरेर सरकारले भ्रम छरेको भन्दै उनले कोशी र कर्णालीमा फसे जसरी फेरि पनि नेपाल फस्न लागेको उनले दाबी गरे ।

‘जसरी कोशी र कर्णालीमा हामी फस्यौं, अहिले पनि त्यसरी नै फस्दै छौं । एमसीसीले देशमा बिजुली बल्ने होइन, देशमा उत्पादन गरेको बिजुली हाइटेन्सन लाइनबाट सोझै विदेश लैजान्छन्’, उनले भने, ‘त्यसैले हामी चुनावी प्रचारप्रसारको लागि चितवन आएका होइनौं, एक पटक देश बचाइदिनोस् भन्न आएका हौं।’

देशमा बन्द भएका उद्योग सञ्चालन गरेर स्वदेशमै रोजगार सिर्जना गर्नुपर्ने भन्दै उनले स्वास्थ्य, शिक्षा, विद्युतजस्ता पूर्वाधार निर्माणमा राप्रपालाई जिम्मा दिने उनले आग्रह गरे । ‘प्राथमिक स्वास्थ्य उपचार हामी निःशुल्क गर्छौं। कक्षा १२ सम्म सुको पैसा नपर्ने व्यवस्था मिलाउँछौं’, उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष हेमजङ्ग गुरुङले ठूला दलले ठूला भ्रष्टाचार गर्दा जनताले दुःख पाइरहेको बताए । उनले अबको चुनावमा फेरि पनि ठूला दललाई जिताएर गल्ति गर्न नहुने बताए ।

‘ठूला दलले ठूलै भ्रष्टाचार गर्दा त्यसको सजाय हामीले पाइरहेका छौँ। त्यसैले अब त्यस्तो गल्ती नगरौं। नेता चिनेर जिताऔं’, उनले भने । प्रचण्ड र देउवाले आफ्नो कमजोरी लुकाउन जतापनि आफ्नै मान्छेलाई मात्रै काखी च्याप्दै आएको उनले आरोप लगाए ।
राप्रपाकी महामन्त्री कुन्ती शाहीले देश निर्माणमा राजा महेन्द्रको परिकल्पना अधुरो रहेकी बताएकी छन् । उनले राजा महेन्द्रले चितवनलाई कस्तो बनाउने भन्ने विषयमा बनाएको सोच अधुरै रहेको बताएकी हुन् ।

‘अब चितवन बनाउन विक्रम पाण्डेजस्तो विकासप्रेमी नेता चितवनले पाएको छ। कम्युनिस्टले सोचेजस्तो दास मानसिकताबाट देश चल्दैन’, उनले भनिन् ।

यस्तै उनले देश बचाउन राप्रपाले जनतासँग गुहार मागेको बताएका छन् । उनले विभिन्न बहानामा देशको मुटु कलेजो हस्तान्तरण गर्ने चलखेल भएकाले जनताले खबरदारी गर्नुपर्ने बताएका छन् । आमसभालाई प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।