२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण

नवौँ पटक जिब्रो छेडेर टोलटोल घुमे बुद्धकृष्ण
फाईल फोटो
अ अ+ अ-

भक्तपुर । मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि त्यहाँको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्यो । बिस्केट जात्रामा मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए ।

बासको चिम्टी बजाउँदै एक हुल मानिस हातको साङ्लो बनाएर आए । सबैको ध्यान त्यतै केन्द्रित भयो । बीचमा जिब्रो छेड्न तयार भएर बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आइपुगे ४९ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ । बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरुले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।

त्यसपछि उहाँले सबैलाई नमस्कार र अभिभावदन गरेपछि चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्विप बोकेर निस्किए बुद्धकृष्ण । महाद्विप बोकेर करिब पौने एक घण्टासम्म बोडेको टोलटोल घुमेर पुनः भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरभित्र प्रवेश गरेपछि सुइरो निकालेर मन्दिरमा ठोकेपछि आज मनाइएको जिब्रो छेड्ने जात्रा सम्पन्न भयो । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत बुद्धकृष्णले अन्तिम पटक भन्दै यसवर्ष नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिनुभएको हो ।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बस्ने चलन छ । आज जिब्रो छेडेपछि घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गर्नुभएको थियो । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने श्रेष्ठले बताउनुभयो ।

परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष नवौ पटक आफूले जिब्रो छेडेको उहाँले बताउनुभयो । यो आफ्नो अन्तिम पटक भएकाले अर्को साल जिब्रो छेडेर जात्रालाई नियमित सञ्चालन गर्न युवा पुस्तालाई तयारीमा रहन उहाँले आग्रह गर्नुभयो ।

यसअघि विसं २०६१ देखि २०६४ सम्म जिब्रो छेड्नुभएका उहाँले आमाको निधनपछि बोडेको जुजुभाई बाँसश्रेष्ठले विसं २०६५ देखि २०७२ सम्म जिब्रो छेडेर यो जात्रालाई निरन्तरता दिनुभयो । विसं २०७६ मा पुन ः जिब्रो छेड्नुभएका बुद्धकृष्णले विसं २०७७ मा लकडाउनका कारण जात्रा हुन नसक्दा जात्रा रोकिएको र विसं २०७८ मा पुन आठौँ पटक जिब्रो छेड्नुभएको थियो । यस वर्ष जिब्रो छेडेर उहाँले नवौँ पटक पु¥याउनुभएको हो ।

विसं २०६० सम्म उहाँकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेर जात्रा चलाइएको थियो । मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जात्रालाई निरन्तर रुपमा सञ्चालन गर्न नगरपालिकाले बजेटको व्यबस्थापन गरेको बताउनुभयो । जात्रा हेर्दै उहाँले भन्नुभयो, “जिब्रो छेड्ने ठाउँ साँघुरो भएपछि जग्गा खरिद गरेर नयाँ पाटी बनाएर यसवर्ष जिब्रो छेडाएका छौँ, यो जात्रालाई सहज बनाउन आर्थिक व्यवस्थापन गरेका छौँ, अब नयाँ पुस्ताले जात्रालाई निरन्तरता दिनुपर्छ ।”

जात्राको किम्बदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–प्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गरेपछि तान्त्रिक भीमदत्त कर्माचार्यले तान्त्रिक विद्याले थापेको पासोमा त्यसलाई पारेर कपाल काटे, लुगा फुकाले र लामो सियो जबरजस्ती जिब्रोमा घुसारी भाग्न नपाओस् भनी घँुघरु बाँधिदिए । बलेको महाद्वीप काठको गहुङ्गो भारी बोकाएर बोडे घुमाए ।

कष्ट सहन नसकी पिशाचले आपूmलाई छाडिदिए जुनसुकै वाचा गर्ने बताएपछि भीमदत्तले अब उप्रान्त बोडे देशमा दुःख नदिने, बोडेमा रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने, धर्मको चेष्टा बढाउने र बोडेवासीले भनेझैँ सात वर्षसम्म सोही दिन जिब्रो छेड्न आउनुपर्ने वाचा गराइ छाडिदिएको किंबदन्ती छ । एक रात सपनामा नीलबाराहीले आफ्नो द्वारपाललाई अपमानित गरेकाले भीमदत्तलाई बाँकी नराख्ने भनी आक्रोश व्यक्त गरेपछि पछुतो मान्दै भीमदत्तले जिब्रो छेड्नु अगाडि क्षमा पूजा गर्ने चलन चलाए, जुन अहिलेसम्म पनि कायमै छ ।

तर यो कथनलाई मान्न तयार हुनुहुन्न बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “ जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवा पुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुप¥यो ।”