धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ सर्वसम्मतिले चयन भएका छन् ।
शनिवार बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत चयन भएका हुन् ।
समितिको उप–सभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सह–सचिबमा ज्ञानेन्द्र बस्नेत र सारदा सन्तोषी राई चयन भएका छन् ।
यद्यपि कोषाध्यक्ष भने पछि मनोनित गरिने बताइएको छ ।
सभापतिका लागि श्रेष्ठसँगै अभिषेक कर्माचार्यले दावी गरेका थिए । धनकुटा नगरबाहेक अन्य पालिकामा भने यसअघि नै नेतृत्व चयन टुंगिएको छ ।











