१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गीतकार एंव संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा सार्वजानिक (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । गीतकार तथा संगीतकार मिना लामाको दशै गीत परदेशको पीडा(आमा)सार्वजनिक भएको छ । चाहबिल स्तुपा नजिकै रहेको जुम बर्गर फापारे सेलो साँझमा एक पत्रकार सम्मेलन गरि गीतको भिडियो मिना कृयसन युट्युब च्यानलमाफत सार्वजानिक गरेका हुन ।

राजकुमार बानियाँको आवाज रहेको उक्त गीतमा मिना लामा स्वयंको शब्द, संगीत रहेको छ भने कृष्ण शताब्दीको संगीत संयोजन रहेको छ ।

गीतलाई अजय रेग्मीले छायांकन, राजेश कुमारले भिडियो सम्पादन गरेका हुन् । गीतको भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गौरी मल्ल, अमिर दोङ, सुधीर श्रेष्ठ, रमेश लामा, नविना ब्लोन, लोकेन लामा, विष्णु लामा र विशाल युद्धको अभिनय रहेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा तामाङ तथा सेलो गीत संगीत क्षेत्रका स्वरसम्राट चन्द्र कुमार दोङ रहेका थिए भने विशेष अतिथिको रुपमा तामाङ चलचित्र क्षेत्रका महानायक अमिर दोङ रहेका थिए । 

भिडियो सार्वजनिक कार्यक्रम डिजिएस अनलाईन, मिडिया नेपाली सेलो म्युजिक,सदाबहार टिभीको समन्वयमा सम्पन्न गरिएको थियो। कार्यक्रम डिजिएस अनलाईन टिभीका प्रस्तोता सिङ्ग मोक्तानको सभापतित्वमा सम्पन्न भएको हो।