२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

कलामा प्रकृति,प्रेम र काइँयो-फोटो फिचर

कलामा प्रकृति,प्रेम र काइँयो-फोटो फिचर
अ अ+ अ-

कलाको यात्रामा काम गर्दै जादा म एकदिन आत्मा वा मन मा केन्द्रित भएर पनि काम गर्छु भन्ने सोचेकै थिइन । सँसारको हरेक कुराहरु महशुस गर्नु, ग्रहण गर्नु, सिक्नु सिकाउनु, संस्कार, संकृति, प्रकृति सबै आखिर सबै यही मन आत्मा मै केन्द्रित हुने गर्दछ । कुनै पनि प्रसङग आफनो आत्मा वा मनलाई महशुस नभएसम्म केहि पनि ग्रहण वा आत्मियताको महत्व हुने रहेनछ ।

कुनै पनि काम, कर्तव्य, अनुशासन, अधिकार र कर्तव्य पनि आखिर यही आत्मा मा नै केन्द्रित हुदो रहेछ । यसरी नै जब दुई आत्माको संगम वा झुकाव भएपछि नै मायाको संसार सिर्जना हुन्छ र यही मायाको संसार नै पछि युगलमा परिणत हुदो रहेछ ।

जबसम्म कसैको आत्माले संसार छ, प्रकृति छ, जीवन छ भन्ने कुरा स्वीकार गर्दैन तबसम्म उसको जीवन्तता छ, अस्तित्व छ भन्ने कुरा मात्र भ्रम हुन्छ । सत्यता स्वीकार आत्माले गर्दछ भने संसारमा सम्पुर्ण कुरा हुन्छ र आत्माले सबै कुरा स्वीकार गरेपछी मात्र उसको लागि संसार हुन्छ । यही मेरो मन, आत्मा र कल्पनाले स्वीकार गरेका दृश्यहरु नै मेरो कला को विषयवस्तु बन्न पुगेको छ ।

चाहे त्यो प्रकृति बाट रचना गरिएको होस वा मानव निर्मित । मेरा कलाका हरेक रेखा, अलङकरण, आकृति, रङग सबै मेरा आत्मा र कल्पनाले स्वीकार गरेका यी प्राकृतिक र साँस्कृतिक स्वरुपलाई मैले आफना चित्रहरुमा व्यक्त गरेकी छु । मेरा चित्रहरु कुनै प्रकृति सँग झुकाव राख्दछ भने कुनै साँस्कृतिक दृश्यसँग झुकाव राख्दछ ।

जसमा दुई युगल जोडी ले स्वीकार गरेको वास्तविक विचार र कल्पना लाई समायोजन गरेकी हुन्छु । हरेक चित्रहरुमा एक अर्का लाई जोड्नको लागि काइँयो लाई एक बिम्बको रुपमा प्रयोग गरेकी छु । जीवनमा अनेक समस्याहरु सँग झेल्दै अगाडी बढ्नु पर्ने हुन्छ, र ती समस्याहरुलाई सुल्झाउने सकारात्मक सोच र प्रतिबिम्बको रुपमा यसलाई प्रयोग गरेकी छु ।

चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङकारिक बुट्टा, डिजाइन र प्याटर्न ले म र मेरा मनमा आएका विचार, तर्क र सोच र मेरो समयको धैर्यतालाई बोध गर्दछ । जुन फरक फरक आकार र प्रकारका हुने गर्दछन् ।

चित्रमा प्रयोग गरिएका रङगहरुले मेरो जीवनको वास्तविक आत्मिक सोच र विचारलाई ईङगित गर्दछ । कलरफुल क्याभासमा फरक फरक रङगहरुले मैले बिताइरहेको समयको प्रतिनिधित्व गरिरहेको छ । जसमा मेरो आत्माको झुकाव सकारात्मक सोचतिर लम्किरहेको हुन्छ । यी कामहरुको रचना गर्दाको समयको वातावरण र यसमा प्रयोग गरिएका फरक फरक मोटिफहरुलाई हेर्दा पनि चित्र कुन समयको सेरोफेरोमा निर्मित भएको छ भन्ने कुराहरु केही अनुमान गर्न सकिन्छ । यी चित्रहरु निमार्ण गर्दा मैले मुख्यतया यी श्रृङखलाहरुमा साँस्कृतिक र पौराणिक विषयवस्तुहरुमा बढी केन्द्रित भएकी छु ।

जसमा कुनै साँस्कृतिक सम्पदाहरुमा प्रयोग भएका टँुडाल, ढुंगे धारा, झ्याल ढोका, तोरणका बुट्टाहरु आलङकारिक डिजाइनहरु तथा थाङका र पौवाका विषयवस्तुहरुबाट पनि निकै प्रभावित भई आफना काममा फरक तरिकाले प्रयोग गरेकी छु ।

अहिले मैले बनाइरहेका चित्रहरु करिब इस्वी सम्वत २०१६ देखि २०२२ सम्मका कामहरु हुन । यी कामहरुमा समय र परिवेश अनुसार भएका प्राकृतिक , राजनैतिक र सामाजिक परिवर्तन अनुसार क्रमश कामहरुमा परेका प्रभावहरुलाई देख्न सकिन्छ । प्रत्येक चित्रहरुमा एउटा प्रतिनिधित्व गर्ने पात्र एक महिला र पुरुष लाई मैले प्रकृतिको प्रतिविम्ब र सृष्टिको शुरुवात सँग तुलना गर्न चाहन्छु ।

प्रकृति र सृष्टि बिना संसारको परिकल्पना गर्न सकिदैन । प्रकृति छौ त हामी छौ , प्रकृति छैन त हाम्रो अस्तित्व केही बाँकी रहदैन । यदी प्रकृतिलाई हामीले संरक्षण गर्न सक्यौ भने हाम्रो पनि अर्थ रहन्छ, जीवन हुन्छ नत्र प्रकृति बिना संसारको पनि अन्त हुन्छ ।

जति यो संसारमा मानव जातिलाई बाँच्न पाउने अधिकार छ त्यति नै संसारमा भएका अन्य जीवजन्तुहरु, किराफट्याङरा, चराचुरुङगी, वनजंगल, खोला नाला, हिमाल आदि सबैको त्यति नै अधिकार र अस्तित्व छ । संसारमा रहेका प्रत्येक अणु तथा परमाणुहरु देखी लिएर सम्पुर्ण जगतको आफनो छुट्टै अधिकार र महत्व छ भन्ने कुरा प्रष्ट गर्नको लागि चित्रहरुमा फरक ढ्रंगले प्रस्तुति दिन मैले रुखलाई सिंगो संसारको घरको रुपमा देखाउनको लागि प्राय जसो रुखहरुमा मैले थुर्पै अनेक प्रकृतिका जीवजन्तुहरु बासस्थानको रुपमा देखाउने प्रयास गरेकी छु ।

संसारका हरेक सजीव प्राणीहरुलाई जीवित रहनका लागि चाहिने अक्सिजनंको उद्गम र महत्वपुर्ण स्रोत नै रुख भएकोले रुख बिनाको संसार कल्पना नै गर्न सकिदैन । यसरी प्रकृति, प्रेम र आत्मियता सँगसँगै नै हाम्रो पनि अस्तित्व र हाम्रो संसार चलेको छ भन्ने नै मेरा चित्रहरुको मुख्य विषयवस्तुहरु हुन् ।

-कलाकार डंगोलको एकल चित्रकला प्रर्दशनी सिद्धार्थ आर्ट ग्यालरी, बबहरमहलमा गत चैत्र २८ गते (११ अप्रिल) देखि सुरु भएको छ । चित्रकला प्रदर्शनी बैशाख १६ गते (२९ अप्रिल)सम्म जारी रहने छ ।