काठमाडौं । नेपाली कांग्रेस (रुकुम पूर्व)को सभापतिमा केशरमान रोका सर्वसम्मतिले चयन भएका छन् ।
रोका दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रोका पूर्व सहायक मन्त्री समेत रहेका छन् ।
यस्तै उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी सर्वसम्मत चुनिएका छन् ।











