२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

अर्जुन दास हत्या प्रकरणः चार जना पक्राउ

अर्जुन दास हत्या प्रकरणः चार जना पक्राउ
अ अ+ अ-

धनगढी । कैलालीका अर्जुन दासको हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । शुक्रबार महानगरीय अपराध महाशाखा टोलीले हत्या आरोपमा पक्राउ गरेका चार जनालाई सार्वजनिक गरेको हो ।

कैलालीमा घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा झन्डै तीन महिनापछि चार जनालाई प्रहरीले रुपन्देहीको सिदार्थनगर नगरपालिका–१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार हत्या आरोपमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरालाई भारतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ । हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो । यस्तै, भण्डारीले भारतबाटै हत्यारा हौं पक्राउ गरेर देखा भन्दै भिडियो नै सार्वजनिक गर्दै प्रहरीलाई चुनौती दिएका थिए ।

पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेर रुखमा बाँधिएको अवस्थामा शव फेलापरेको थियो । स्थानीय अमरावती सामुदायिक वनको जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव फेला परेको थियो ।