९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले संसद अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्दैछः महासचिव भुसाल



अ+ अ-

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरिरहेको आरोप लगाउनु भएको छ । 

महासचिव भुसालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई विषय बनाएर संसद अवरुद्ध पार्नु गैर संवैधानिक र गैर कानुनी कदम भएको तर्क समेत गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सदन अवरुद्ध पार्ने कामले एमाले आफै जनताको माझमा नांगिदै गएको दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो,‘यो लोकतन्त्रमाथिको हमला हो । संविधानमाथिको हमला हो । गैर जिम्मेवार र अनैतिक काम हो । जो उहाँहरुले गरिरहनु भएको छ, त्यसले उहाँहरु नांगिनु भएको छ । संविधानमा अदालतमा विचाराधिन विषयमा संसदमा छलफल हुन नसक्ने संवैधानिक व्यवस्था छ । एमालेले संविधानको त्यो व्यवस्था विपरितका काम गरिरहेको छ ।’

महासचिव भुसालले मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताउनु भयो । तर उहाँले मन्त्रीपरिषदले कहिले पूर्णता पाउँछ भन्ने विषय भने खुलाउनु भएन ।