• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल



मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम सुरुआत हुने जनाइएको छ ।

अहिले विमानस्थलको टावर, भवन, वरपर माटो काट्ने र नाला बनाउने काम सम्पन्न भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “आगामी वैशाख पहिलो हप्तादेखि विमानस्थलको धावनमार्गमा कालोपत्रे सुरु गर्ने गरी काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थल पछिल्लो वर्षमा द्रुत गतिमा काम भएको हो ।”

विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिडलगायतका कारणले विमानस्थलको काम कछुवाको गतिमा भएको थियो । यस आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने छ । विसं २०४२ देखि हालसम्म विमानस्थल निर्माणमा रु ३९ करोड खर्च भइसकेको जनाइएको छ ।

विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीलाई समस्या भएको गौरी पार्वती श्याम एण्ड शङ्कर जेभीका प्रतिनिधि कलम केसीले जानकारी दिनुभयो । “कच्ची, अप्ठे्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ ।” उहाँले भन्नुभयो, “हामीले वैशाखको पहिलो हप्ताबाट धावनमार्ग कालोपत्रे गर्ने तयारी गरेका छौँ । असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।”

सो कम्पनीले कालोपत्रे गर्न, नाला र माटो काट्न रु १३ करोड ८१ लाख ठेक्का लिएको तथा भवन र टावर निर्माणका लागि पिआर इन्फ्रास्टक्चरले रु तीन करोड ४७ लाख ७४ ठेक्का लिएको जनाइएको छ ।