१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्निङ वाक गर्दा यसरी गर्नुहोस्, हुनेछ फाइदा



अ+ अ-

काठमाडौं । मानिसहरूले व्यस्त जीवनशैलीका कारण आजकल स्वास्थ्यमा ध्यान दिन पाइरहेका छैनन् । त्यसले गर्दा धेरै मानिस मोटे भइरहेका छन् । 

त्यसो त पेट घटाउन केही मानिस बिहान हिँड्ने गरेका छन् । तर औसत हिँडाइले केही पनि फरक पार्दैन । तर तपाईं छिटो हिँड्ने (ब्रिस्क वाक) गर्नुभयो भने स्वास्थ्यलाई निकै लाभ हुन्छ । हप्ताको पाँच दिन छिटोछिटो हिँड्दा तौल घट्न सहायता पुग्छ ।

छिटो हिँड्दा हुन्छन् यस्ता फाइदा :

दिमाग तीखो : तपाईं छिटछिटो हिँड्दा रक्तसञ्चार तीव्र गतिमा हुन्छ । त्यसले गर्दा दिमागका कोशिकाहरूमा अक्सिजन र पोषक तत्त्व पुग्छ । अनि दिमाग पहिलाभन्दा तेज हुन्छ । दिमागलाई फ्रेश गराउने हार्मोन रिलीज हुन्छ । यसले स्ट्रेस भगाउँछ । 

तौल घटाउन : दिनको आधा घन्टा मात्र छिटो हिँड्नुभयो भने मेटाबोलिजमले राम्रो काम गर्छ । यसबाट तपाईं लगत १५० क्यालोरी बर्न गर्न सक्नुहुन्छ । 

मधुमेहबाट छुटकारा : हप्तामा पाँचपटक छिटो हिँड्दा मधुमेहको जोखिम लगभग १२ प्रतिशतसम्म घट्न सक्छ । 

स्वस्थ मुटु : हप्तामा लगभग १६ किलोमिटर छिटो हिँड्दा मुटुरोगको जोखिम ३५ प्रतिशतसम्म कम हुन्छ । 

रक्तचाप नियन्त्रण : छिटो हिँड्दा रक्तचाप नियन्त्रणमा रहन्छ । धमनीहरू चलायमान भएर स्वस्थ हुन्छन् ।