२४ भाद्र २०८३, बुधबार
,
Latest
पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप बाढी पीडित उद्योगी व्यवसायीको आस: संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्निङ वाक गर्दा यसरी गर्नुहोस्, हुनेछ फाइदा



अ+ अ-

काठमाडौं । मानिसहरूले व्यस्त जीवनशैलीका कारण आजकल स्वास्थ्यमा ध्यान दिन पाइरहेका छैनन् । त्यसले गर्दा धेरै मानिस मोटे भइरहेका छन् । 

त्यसो त पेट घटाउन केही मानिस बिहान हिँड्ने गरेका छन् । तर औसत हिँडाइले केही पनि फरक पार्दैन । तर तपाईं छिटो हिँड्ने (ब्रिस्क वाक) गर्नुभयो भने स्वास्थ्यलाई निकै लाभ हुन्छ । हप्ताको पाँच दिन छिटोछिटो हिँड्दा तौल घट्न सहायता पुग्छ ।

छिटो हिँड्दा हुन्छन् यस्ता फाइदा :

दिमाग तीखो : तपाईं छिटछिटो हिँड्दा रक्तसञ्चार तीव्र गतिमा हुन्छ । त्यसले गर्दा दिमागका कोशिकाहरूमा अक्सिजन र पोषक तत्त्व पुग्छ । अनि दिमाग पहिलाभन्दा तेज हुन्छ । दिमागलाई फ्रेश गराउने हार्मोन रिलीज हुन्छ । यसले स्ट्रेस भगाउँछ । 

तौल घटाउन : दिनको आधा घन्टा मात्र छिटो हिँड्नुभयो भने मेटाबोलिजमले राम्रो काम गर्छ । यसबाट तपाईं लगत १५० क्यालोरी बर्न गर्न सक्नुहुन्छ । 

मधुमेहबाट छुटकारा : हप्तामा पाँचपटक छिटो हिँड्दा मधुमेहको जोखिम लगभग १२ प्रतिशतसम्म घट्न सक्छ । 

स्वस्थ मुटु : हप्तामा लगभग १६ किलोमिटर छिटो हिँड्दा मुटुरोगको जोखिम ३५ प्रतिशतसम्म कम हुन्छ । 

रक्तचाप नियन्त्रण : छिटो हिँड्दा रक्तचाप नियन्त्रणमा रहन्छ । धमनीहरू चलायमान भएर स्वस्थ हुन्छन् ।