• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एमालेको विजय सभाबाट फर्किँदै गरेको पिकअप दुर्घटना, १९ जना घाइते ★   उपनिर्वाचनमा चटकेहरु साइडमा आए, ०८४ सालसम्म ठिक हुन्छन्ः सांसद खतिवडा ★   सप्तरीको चिम्टीमा भीषण आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर ★   आर्थिक वृद्धिदर ३ दशमलव ५४ प्रतिशत अनुमान ★   डोल्पाका सबै सांसद मन्त्री ★   जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो ★   टी–२० विश्वकपका लागि बटलरको कप्तानीमा इंग्ल्याण्डको टोली घोषणा ★   भारतीय पूर्व अलराउन्डरले दुखी हुँदै भने – रिंकु सिंहमाथि अन्याय भयो ★   उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो: मन्त्री गिरी

शंकाको वातावरण किन बनाउँदैछन् प्रमुख निर्वाचन आयुक्त ?



file

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब एक महिना बाँकी छ । वैशाख ३० गतेको निर्वाचनको तयारी जारी छ । राजनीतिक दलहरु आफ्ना उम्मेदबार छान्ने अन्तिम कसरतमा छन् । उम्मेदबार छान्ने काममा सत्ता गठबन्धन एमालेभन्दा पछि परेको छ तर साँझ बिहान नै गठबन्धनको बैठक गरेर लत्रिएकै छ । सुरक्षा निकायहरु चुस्त दुरुस्त काममा खटिसकेका छन् भने अन्य सरकारी कामहरु पनि तदारुकताका साथ भइ नै रहेको छ ।

भित्रभित्रै राजनीति त के पाकिरहेको छ थाहा भएन तर बाहिर हेर्दा चुनाव सार्ने त्यस्तै कुनै प्रपञ्च देखा परिरहेको छैन । कुनै दल विशेष या नेताले नै चुनाव सार्ने बारेको कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

तर प्रमुख निर्वाचन आयुक्त भने दिन प्रतिदिन शंकाको वातावरण बनाउँदैछन् । उनले जति जति निर्वाचन नजिकिँदैछ त्यति नै पछिल्लो दिनमा विवादास्पद भाषण दिने गरेका छन् । जसका कारण मुलुकमा निर्वाचनका प्रति आशंकाको वातावरण निर्माण गर्नमा सहयोग पुर्याइरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार विराटनगरमा दिएको भाषण पनि यस्तै छ । उनले स्पष्ट रुपमा भने– यदि तोकिएको समयमै निर्वाचन सम्पन्न भएन भने देशमा दुर्घटना हुन्छ । यो उनको आचरण विपरितको भनाई हो । यहाँ निर्वाचन सार्ने विषयको औपचारिक निर्णय कतैबाट पनि आएको छैन । नत निर्वाचन गराउने निर्णय गरेको नेपाल सरकारले नै निर्वाचन स्थगित गर्ने, सार्ने या अहिले नगर्ने भन्ने विषयमा नै कुनै निर्णय गरेको छ । देश निर्वाचनमा जुटिसकेको र राजनीतिक दलहरुले उम्मेदबार छान्दै सार्वजनिक गर्दै गरिरहेको अवस्थामा प्रमुख निर्वाचान आयुक्तले निर्वाचन नगर्ने हो भने देशमा दुर्घटना हुन्छ भन्ने अभिव्यक्ति अकस्मात किन दिए ?

निर्वाचन गर्ने नेपाल सरकारले हो र निर्वाचन आयोगले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने हो । हो, चुनावका बेलामा आयोगको महत्व किन हुन्छ भने उसले दलहरुका लागि आचार संहिता बनाउँछ र त्यो सबै दलले मान्नुपर्छ । आफ्नो यही भूमिकाको दुरुपयोग गरेर थपलियाले दलका नेताका भन्दा चर्काे भाषण गर्दै हिँड्नु पनि आचार संहिता विपरीत हो । उनी हिजो मिडियाको आचार संहिताको विषयमा भाषण गर्ने पुगेका थिए तर त्यस विषयमा भन्दा पनि उनी राजनीतिक भाषणमा बढी रमाएका थिए ।

गत हप्ता पनि उनले राष्ट्रिय राजनीतिक दलका नेताहरुलाई बोलाएर यस्तै राजनीतिक भाषण गरेका थिए । उनले त्यस बखत पनि दललाई बोल्न नदिइ आफ्नै भाषण मात्र सुनाएकाले गर्दा आयोगमै दलहरुले नाराबाजी गरेका थिए । उनले त्यस समयमा आफू कुनै एक संवैधानिक निकायको प्रमुख हुँ भन्न विर्सेर कुनै दलको नेताका रुपमा प्रस्तुत भएकाले आयोगको बैठकमा नै नाराबाजी गर्नु परेको एक नेताले सुनाए ।

अहिले थपलियाले यस्तो आशंकाको वातावरण बनाउनुका पछाडिको कारण के छ ? विपक्षी एमाले भने उनीप्रति नै थप सशंकित बनेको छ । या त यिनलाई सरकारले निर्वाचन हुदैन भन्ने कुनै संकेत दिएको छ या यिनी अरु कसैको गोटी बन्दैछन् । यहाँ कुनै राजनीतिक दलको नेताले भन्दा पनि प्रमुख निर्वाचन आयुक्तले नै निर्वाचनका प्रति आशंकापूर्ण अभिव्यक्ति दिँदै हिँडेकाले वातावरण थप बिग्रिन सक्ने पूर्व प्रमुख निर्वाचन आयुक्तहरु बताउँछन् । उनीहरु पनि थपलियाले राजनीतिक भाषण दिँदै हिँडेकामा अचम्मित भएका छन् ।