१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्लिस क्लब चेल्सीविरुद्ध क्वार्टरफाइनलको दोस्रो चरणमा रियल ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को अग्रतासहित रियल अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३–१ ले हराएको थियो । जुन खेलमा करिम बेन्जेमाले ह्याट्रिक समेत गरेका थिए ।

गएराति सम्पन्न दोस्रो चरणको खेलमा मासन माउन्टको गोलबाट चेल्सीले १५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।

५१ औं मिनेटमा एन्टोनियो रुडिगरको हेड मार्फत गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । उक्त गोलले चेल्सी खेलमा ३–३ को बराबरीमा आईपुगेको थियो । टिमो वेर्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सेमिफाइनलको यात्रातर्फ लगेका थिए ।

३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।

समग्रमा ४–४ को बराबरीको अवस्थामा इन्जुरी समयमा बेन्जेमाले गोल गरे । थप समयको छैटौं मिनेटमा बेन्जेमाले हेडमार्फत गोल गरेका हुन् । भिनिसियस जुनियरले उपलब्ध गराएको क्रसमा उनले हेड गोल गरे । अन्ततः रियल ५–४ को एग्रिगेटसहित अन्तिम चारमा पुग्यो । बेन्जेमा एकपटक फेरि रियलका लागि नायक बने ।