काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरका अनुसार आइतबार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ २९ पैसा र बिक्री दर १ सय १८ रुपैयाँ ८९ पैसा कायम भएको छ ।
विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३७ रुपैयाँ १७ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ ८७ पैसा कायम भएको छ ।
यस्तो छ आजको विदेशी सटही दर