काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारे छलफल गर्न पार्टीको स्थायी समितीको बैठक बस्ने तयारी छ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर मात्रै समय निधारण हुने बताए । ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए ।
शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।