काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नहरुको पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने भएका छन् ।शुक्रबारदेखि ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशन आज सक्ने तयारी छ ।
यसैगरी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पनि विधान संशोधन प्रस्तावबारे जवाफ दिनेछन् भने विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३ सय ४७ प्रतिनिधि सहभागी रहेको नेकपा एमालेले जनाएको छ ।
प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा एमालेलाई अझै सशक्त बनाउनु पर्ने र केन्द्रमा पदाधिकारीहरुको संख्या बढाउनुपर्ने लगायतका सुझाव आएका जानकारी दिए ।