• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

माओवादी छाडेका बगडिया एमालेबाट रंगेलीमा मेयरको उम्मेदवार



विराटनगर । नेकपा एमाले रङ्गेली नगर कमिटीले मेयरमा दीलिप बगडियाको नाम सिफारिस गरेको छ ।

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका रङ्गेली नगरपालिकाका मेयर बगडियालाई एमालेले मेयरमा सिफारिस गरेको हो । नगर कमिटीले बगडियाको मात्रै नाम सिफारिस गरेका कारण उनले टिकट पाउने निश्चित भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित बगडिया फागुन २५ गते नेकपा एमाले प्रवेश गरेका थिए ।

नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लामा सबै स्थानीय तहको उम्मेदवारलाई सर्वसम्मत गर्ने तयारी भइरहेको बताए । वैशाख ५ गतेभित्र सबै पालिकामा सर्वसम्मत मेयरको उम्मेदवार छनोट गरिने उनको भनाई छ ।