२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हराउन थाले हुलाकी दाइ



अ+ अ-

लमजुङ । समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता  घट्दै गएको हो ।

मस्याङ्दी गाउँपालिका–३ घनपोखराकी ८७ वर्षीया धनकुमारी गुरुङले भन्नुभयो, “विगतमा चिठ्ठीपत्र हुलाक दाइले घरघरमा ल्याउने गर्नुहुन्थ्यो, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा प्रयोग गरेका थियौँ । सयम बदलिँदै जाने क्रममा समयानुसार यसको सेवा प्रभावकारी हुन नसक्दा यसको महत्व हट्दै गएको छ ।”

पहिला– पहिला यहाँका दाजुभाइ लाहुर गएका र विभिन्न देशमा काम गर्न गएकाको खबर पाउने, यताको खबर उता र उताको खबर यता पठाउने एउटै मात्र माध्यम हुलाक सेवामार्फत चिठ्ठीपत्र आदानप्रदान नै थियो । उहाँले भन्नुभयो “चिठ्ठी आउन र पाउनलाई पनि धेरै समय लाग्थ्यो, हुलाकी दाइ भनेर परिचित एक जना दाइ हुनुहुन्थ्यो, उहाँ गाउँमा आउँदा चिठ्ठी आयो कि भनेर सोध्ने गर्थेँ । विगतमा चिठ्ठीपत्र कि त छिमेकी कोही विदेशबाट आएमा मात्र त्यहाँको हालखबर थाहा हुने गरे पनि अहिले त मिनेट भरमै सबै ठाउँको कुरा थाहा हुन्छ । ” 

अहिले हुलाक समयानुकूल हुन नसक्दा अहिलेका नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन । दोर्दी गाउँपालिका–३ की ९० वर्षीया मनमाया तामाङले भन्नुभयो, “हुलाक दाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गर्दथ्यौँ, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो । विगतमा यसले ठूलो महत्व राखे पनि प्रविधिको युगमा अहिले भने यसको वास्ता हुन छाडेको छ ।” हुलाक भनेको सुनेको छु, तर यसको काम के हो रु कुनै जानकारी नभएको बेँसीसहर नगरपालिकाका स्थानीयवासी २५ वर्षीय सरोज श्रेष्ठले भन्नुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा नभएको उहाँको भनाइ छ ।

प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाका नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत काममा मात्रै हुने गरेको हुलाक अधिकृत गङ्गाबहादुर घलेले बताउनुभयो । केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि यतिबेला हुलाक सेवाबाट भन्दा इमेल, इन्टरनेट, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चार सेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगीविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ । यतिबेला हुलाक सुनसानजस्तै बनेको छ । जिल्ला हुलाक कार्यालयमा सरकारी चिठ्ठी र केही व्यक्तिको पार्सललगायतका १५÷२० वटा चिठ्ठीपत्र दैनिक आउने गरेको हुलाक कार्यालयले जनाएको छ ।जिल्लामा एक जिल्ला हुलाक कार्यालय, १० इलाका, ५० अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय रहेका छन् । यी सबै कार्यालयमा २१० भन्दा बढी कर्मचारी छन् ।




भर्खरै