३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाअभियोग प्रतिनिधिसभामा पेस गर्ने तयारी



अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रतिनिधिसभाको बैठकमा पेस गर्ने तयारी गरिएको छ । यसका लागि महाअभियोग सिफारिस समिति गठन गर्ने प्रयास भइरहेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले महाअभियोग प्रस्ताव चाँडोभन्दा चाँडो निष्कर्षमा पुग्नुपर्ने भन्दै सभामुखले महाअभियोग सिफारिस समिति गठन गर्ने प्रयास गरिरहनुभएको जानकारी दिनुभयो ।

उहाँले संसद् नियमावलीकै व्यवस्थाअनुसार महाअभियोग अगाडि बढ्ने बताउनुभयो । “हाम्रो नियमावलीले प्रस्ताव दर्ता भइसकेपछि सात दिनपछिको कुनै बैठकमा राख्ने व्यवस्था गरेको छ । त्यसपछि थप प्रक्रिया सुरु हुन्छ । सम्भवतः अबको प्रतिनिधिसभा बैठकमा प्रस्ताव जान्छ होला”, उहाँले भन्नुभयो ।

नियमावलीमा महाअभियोग समिति ११ सदस्यीय हुने व्यवस्था छ । मन्त्री बडूले महाअभियोग सिफारिस समितिमा सबै दलको प्रतिनिधित्व होस् भन्ने ढङ्गले राजनीतिक नेतृत्व तहमा छलफल भइरहेको जानकारी दिनुभयो । सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा (माअ‍ोवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का ९८ जना सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते महाअभियोग दर्ता गराएका थिए ।