२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमरान खानको दल संसदबाट बाहिरिने चेतावनी, दिए सामूहिक राजीनामा



पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान (फाइल फाेटाे)
अ+ अ-

काठमाडाैंः पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई)ले पाकिस्तानको संसद्‍ (नेसनल एसेम्ब्ली) बाट सामूहिक राजीनामा दिने निर्णय गरेको छ ।

आफ्नै पार्टीका केही सांसदले दल त्याग गरी विपक्षीलाइ सघाएपछि इमरान खानले आइतबार भएको मतदानमा संसदबाट विश्वासको मत पाउन सकेका थिएनन् । पाकिस्तानको इतिहासमा कुनै प्रधानमन्त्री संसदमा विश्वासको मत गुमाएर पदच्यूत भएको यो पहिलो घटना थियो ।

पाकिस्तानको संसदले आज सोमबार नयाँ प्रधानमन्त्री चुन्दैछ, र यसमा पाकिस्तानको विपक्षी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरिफ प्रधानमन्त्री चुनिने सम्भावना बढी छ । उनी पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन् ।

पीटीआईका अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले अवाञ्छित तबरबाट सरकार गठन हुन लागेको भन्दै त्यसको विरोधमा राजीनामा दिने निर्णय गरेको पीटीआईका नेता फारुख हबिबले बताएकाे डनले लेखेकाे छ ।

पार्टीको यस घोषणासँगै सांसद मुराद सईदले राजीनामा बुझाएका छन् । उनी संसदबाट राजीनामा गर्ने पहिलो व्यक्ति हुन् । उनले पाकिस्तानमा सरकार बनाउने र भत्काउने कार्यमा विदेशी हस्तक्षेप हुनु आफूहरुका लागि कदापी स्वीकार्य नहुने पनि बताए ।

पाकिस्तानको संसदमा आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद खानको विपक्षमा उभिएका थिए । ३४२ सदस्यीय पाकिस्तानी संसदमा भएको मतदान मार्फत आफ्नो पद जोगाउन खानलाई कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् ।

सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।