१७ भाद्र २०८३, बुधबार
,
Latest
न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले कांग्रेस नेता कोइरालासँग स्पष्टीकरण सोध्यो



file
अ+ अ-

काठमाडौं । सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड खर्च गरेको अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ ।

नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार खर्च भएको विवरण बुझाए पनि उक्त अभिव्यक्ति दिएको भन्दै आयोगले ७ दिनभित्र निर्वाचन खर्च विवरणबारे स्पष्ट पार्न निर्देशन दिएको हो ।

कोइरालाले केहीदिन पहिले नेविसंघको एक कार्यक्रममा निर्वाचन खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो निर्वाचनमा ६ करोड खर्च गर्नुपरेको अधिव्यक्ति दिएका थिए ।