३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै ‘रिटायर्ड आउट’ हुने पहिलो ब्याट्सम्यान बने अश्विन



अ+ अ-

एजेन्सी । आइतबार राजस्थान रोयल्स र लखनउबीच भएको खेलमा राजस्थानको इनिङ्समा आर अश्विनले रिटायर्ड आउट (सन्यास) लिएका थिए । अश्विनले इनिङ्सको १९ औं ओभरमा यो निर्णय लिएका हुन् । खेलको अन्तिम ओभरमा उनको ब्याटबाट ठूला शट निस्किरहेका थिएनन् । उनले स्ट्राइक मात्र घुमाएका थिए ।

उनले ब्याटिङको सुरुवात राम्रो गरेपनि पछि बल बाउन्ड्री पार गर्न सकेनन् । जसका कारण अश्विनले अचानक यो निर्णय लिए र अम्पायरलाई बताएपछि ड्रेसिङ रुममा गए । रुने मैदानमा उत्रिए । उनको स्थानमा रियान पराग ब्याटिङमा आए ।

आश्विन आईपीएलको इतिहासमा सन्यास लिने पहिलो खेलाडी बनेका छन् । यस्तै, उनी टी–२० क्रिकेटमा यस्तो गर्ने चौथो खेलाडी बने । अश्विनको यो निर्णयको सर्वत्र प्रशंसा भइरहेको छ । उनले टोलीको हितमा यो निर्णय गरेका हुन् ।

राजस्थानको ६७ रनमा ४ विकेट खसेको थियो । त्यसपछि अश्विनले हेटमायरसँग ५औं विकेटका लागि ६८ रनको महत्वपूर्ण साझेदारी खेले । अश्विनले २३ बलको सामना गर्दै २८ रन बनाए । उनले दुई उत्कृष्ट छक्का पनि प्रहार गरे । उनले हेटमायररसँग विकेट बचाएपछि मात्र राजस्थानको टोलीले २० ओभरमा १६५ रन बनायो ।

टी– ट्वान्टी क्रिकेटमा रिटायर्ड आउट हुने खेलाडीहरु –
आर अश्विन (राजस्थान रोयल्स) २०२२
सुनझमुल इश्लाम (बंगलादेश) २०१९
सोनम तोबगे (भुटान) २०१९
शाहिद अफ्रिदी (पाकिस्तान) २०१०